जुम्लामा असिना परेपछि भित्र्याउने बेलाकाे बालीनाली क्षति

गाेल्डेन बुढा
जुम्ला,१० जेष्ठ
जुम्लामा असिनाले बालीनाली क्षति गरेको छ। शुक्रबार दिउँसो परेको असिनाले क्षति गरेको हो।जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ ।

असिना शुक्रबार बेलुकी ४ बजेदेखि ५ बजे सम्म एक घण्टा निरन्तर असिना परेको थियो।तिला गाउँपालिका-९ रासागाउँका माेतिराम बुढाका असिनाले बालीनालीमा क्षति पुर्‍याएकाे बताउँछन्।उनलेे,भने´ भित्र्याउन तयारी अवस्थामा रहेको जौं सखाप बनायो,पुरै खेतमै झारिदियाे।यता बारीमा लगाएको गहुँबालीमा नाेक्सान गरेको छ। सिमी,आलु,मकै, फापर पनि पुरा नष्ट गरेको छ।अर्का किसान उमेश रावतका अनुसार फलफुलमा स्याउ, आरु, ओखरका चिचिलासमेत झारेको छ । उमेशले भने, ‘यो विर्षको हिउँदमा यति पनि हिउँ परेको थिएन । अहिले असिना जति पर्‍यो ।’ पहिलोपटक यति धेरै मात्रामा असिना परेको छ ।

‘भित्र्याउने बेलाको बाली सबै सखाप भयो, अब बर्खा कसरी टार्नु’ किसानले गुनासो गरे। तत्कालै किसानलाई मन थाप्न , ‘स्थानीय सरकार र प्रशासनले राहतकाे उचित प्रवन्ध मिलाउनुपर्छ।’असिनाले सबै बाली नष्ट गरेपछि गाउँमा भेला बोलाइएको छ । भेलाले तत्काल अनुगमनको लागि प्रहरी चौकी, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी किसान बताउँछन्।असिनाले राँसाका १ सय १० र मालापानी गाउँका ६८ घर प्रभावित बनेका छन् । यता तिला -९ का वडाध्यक्ष धनबहादुर रावतले तत्काल असिनाले क्षति पुर्‍याएको गाउँमा पुगेर अनुगमन गर्ने बताए।उनले भने, ‘असिनाले सबै बालीनाली सखाप पारिसक्यो । अब उनीहरुलाई राहत दिनुपर्ने अवस्था आइसकेको छ ।’ अहिले स्याउ, आरु र ओखरका हाँगा नै भाँचिदिएको छ।अध्यक्ष रावले भने,स्थानीय सरकारले किसानका दु:ख पीडा झरेका आँसु पुछ्ने प्रायास गर्ने बताए।
सक्नेजति राहत उपलब्ध गराउने छाैँ।अरु प्रशासन,प्रदेश र संघका हारगुहार गर्ने छुँ।हावाहुरीसँगै असिनापानीले जनजीवन निकै प्रभावित बनेको थियो।यस्तै मंगलबार बेलुका परेको बर्षा संगै आएको बाढीले जुम्लाको हिमा गाउँपालिका-१ देवारगाँउका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्‍याएकाे छ।खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्‍याएको हो । रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिराले धानका बेर्नामा क्षति गर्दा किसनाहरु रोपाइँ नहुने चिन्तमा छन् । १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा क्षति पुर्‍याएको १ का वडाध्यक्ष रतन शाहीले बताए ।


अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्णरूपमा नष्ट गरेको शाहीले बताए ।रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरु अन्य बाली लगाउने विकल्पको खोजिमा छन्। यसअघि वैशाखमा जिल्लाको पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा असिना परेर बालीनालीमा लाखौंको क्षति पुर्‍याएको थियो ।

जुम्लामा असिना परेपछि भित्र्याउने बेलाकाे बालीनाली क्षति

अटो चालक रणबहादुरको उपचारको क्रममा मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *