नेरा माविमा तिज विशेष कार्यक्रम सम्पन्न

दुर्गा विसि
सल्यान,७ भदौ
सुर्खेत सिम्ता गाउँपालिकाकाे नेरा माविमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगितामा प्रथम – भोटेचुली सदन
द्वितीय – मालिधुरी सदन,तृतीय – कोश्वर सदन र
सान्तवना – धागेछहरी सदन भएकाे जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक रमेश सिंहको सभापतित्व र सिम्ता गापा वडा न ८ का वडासदस्य चक्र बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक भुपाल सिहले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य शिक्षिका दुर्गा रसाइलीले गर्नु भएको थियो । मूल्याङ्क समितिमा विद्यालयकै शिक्षक सन्तोष न्यौपानेको संयोजकत्वमा शान्त पोखरेल र हिमरता सुनार रहनु भएको थियो । कार्यक्रममा मौलिका भेषभुषामा सजिएर परम्परागत संगीतका सामग्रीहरु प्रयोग तिज गित तथा नित्य प्रस्तुत गरिएको थियोे । कार्यक्रममा उपस्थित अतिथिहरुले आधुनिकताको नाममा आएका डिजे स्पीकर भन्दा यसरी परम्परा झल्कने हाम्रा मौलिक संस्कृतिलाई विद्यालयस्तरबाटै जर्गेना र संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।






