“घुयँत्राे”:बिरसिक्का

हैन ! दिनेले दे, पाउनेले लिए ,खाए अनि अरुकाे राेईलाे किन के ! साथीहरु हिजाे आफू सत्ताँ बस्दानि आँखा चिम्म गरि खाकै त हाे त ! के अरुलाई दया माया गरेर दिइयाथ्याे र ? खै त हिजाे हजुरहरले खाँदा कल्ले कान्निर प्रेसविज्ञप्ति तेर्साए ! आँफुले पाए सब ठिक अरुले पाए सबै भताभिङ्ग,प्रतिक्रिया वादि,दलाल अनि के हुन के हुन भन्नू पर्ने जति सबैशब्द वाक्य केई बाँकि नराखेर सबै एकैचाेटि! ल हेर त्याे प्रेस विज्ञप्ति , लाजकाे पसाराे ।

रुवाबासी गरेर पत्रकारकाे लाज गराउँदै प्रेस विज्ञप्ति जारी गरेर आफ्ना पाप धुलाईम झैँ नगरम् है । अब त तपाईंहरले भन्याझैँ संविधान जारी गर्नु भा छ, गणतन्त्र आछ ।गणतन्त्र पछिका सबैभन्दा धेरै दिन तपाईंहरु अर्थात माओवादिहरलेनै शासन गर्याछन त अनि फेरि माओवादीयुद्धका नाममा गैरमाओवादिहरलाई काटने र मार्ने, लुटने र लखटने भनेर थर्काएझैँ गरि ऐले पनि किन धम्क्याउने र तर्साउने गर्नु हुन्छ । बरु पुरस्कार बाँडनेवालालाई वितरण विधा थप्नु पर्याे, लेख्नेलाई जत्तिकै महत्व संचार प्राविधिक हरुलाईनि दिनु पर्याे , प्राविधिक बिना पत्रकार भनेकाे माेतिराम भट्टबिना भानुभक्त जस्तै हाे भन्ने कुरा यहाँहरुकाे खाेपडियाँ कैल्यै घुस्याछ कि नाई ! तपाईंहरुकाे प्रेस विज्ञप्ति प्राविधिकले संयाेजन नगर्देर सार्वजनिक गर्ने अबस्थाँ पुर्याएर सार्वजिक नगर्दे त्यसकाे केही अर्थ छ । हाे त्यस्तै अभिन्न अङ्हाे पत्रकारिताँ प्राविधिक ! खै त तपाईंहरकाे त्याे विज्ञप्तिले त बाेलेनत प्राविधिकका कुरा ! कि तपाईँहरकाे संगठनाँ प्राविधिकनै छैनन र ! अर्को कुरा अब त सत्ताँ जान त मान्छे काटेर हैन चुनाब जितेर जान पर्छ त ! यस्ताे हुँदाहुँदै पनि खालि डर,धाक ,धम्कि र पाखुराकै भराँ खान खाेज्ने प्रवृत्ति त राम्रो भएन त । ठिकछ अरु राजनीतिक संगठनाँ जे गरून् त्याे दलवालाले जान्ने कुरा हाे ।तर ,जनताकाे एकमात्र विश्वासकाे थलाे भनेकाे पत्रकारहरु हुन ।पत्रकारमाथि भनम्कि आँफुले आँफैमाथि बारम्बार धावा बाेल्ने काम राम्रो पनि हैन । अनि जनताबाट तिरस्कृत हुने काम पनि गर्ने हैन । राज्यका सबै अङ्ग कुहियर झर्ने बेलाँ जनतामा निमेषमात्र शेष बाँकि रहेकाे राज्यकाे चाैथाे अङ्ग माथि चाैथै अङ्गले प्रहार गर्दा देख्ने सुन्नेलेनि के भन्लान ,बिचार गर्नु पर्दैन । खालि पत्रकार महासंघभित्र राजनीति गर्न र संगठनमा हाबि हुनका लागि मात्रै हेाकि क्या ! हिजाे ठेकदार,व्यापारी,मजदुर,श्रमिक, माडसाब, प्राध्यापक, वाईसिएल, एनजीओ / आईएनजिओ,सब्लाई लगेर गुन्द्रुक खाँदेझैँ खाँदेर महासंघ कव्जा भकै त हाेनि । अनि गणतन्त्र र सत्ताधारीका नाममा बेलाबेलाँ महासंघ चलाकै त हाे नि ! त्यै कुरा सम्झेर भएनि त्याे साख राख्ना लागि नि लाजकाज धैर्य गरेर बस्ने हैन र ? आँफुले हिजाे त्यै बाटाे हिँडाउने ऐले त्यता नजाहै त्यता पैराेछ खस्लास भनेर हुन्छ । आफ्ना र नजिकालाई पुरस्कारद्या आजमात्रै हाेकि हिजाेनि हाे । अनि अर्काे हाँसाे लाग्दाे कुरा त के भने समाजवादि प्रेस भनम् कि माधब नेपालका शुभचिन्तक भनम विचरा तिनरुनि माओवादिसित लाएर प्रेस विज्ञप्ति जारी गर्दै उनरकै बाटाे पच्छ्या देख्दा नि हाँसाे लाएर आयाे । के गर्ने पत्रकार पत्रकार भएरनि पत्रकारकै चरित्राँ लेख्न बाध्य भैयाे । याे लेख पढेर कसैलाई रिस उठननि सक्छ तर नरिसाउनाेस पाठकज्युहरु लेख्ने अबसर दिए लेखियाे ।तर कुरा के भने हामी राजनीतिक दलका पछि लाएर नवितडिम । पत्रकारिता गर्नेले पत्रकारिता गरम अनि राजनीति गर्नेले राजनीति । आखिर ऐले पुरस्कार पाउनेनित हाम्रै साथी हुन ।

अन्त्यमा कर्णाली स्थापना दिवसमा कर्णालिबाट पुरस्कृत सबै साथिलाई बराबर बधाई छ । भलै मलाई कतिले चिन्नु हुन्न हाेला अनि कतिलाई मैले ।अनि पुरस्कृत हुन बाँकिले पनि आफू पुरस्कृत हुने लाईनमै छु ठानेर जनतालाई सुसूचित गर्नुहाेला । हवस त ! अस्तु ।

“घुयँत्राे”:बिरसिक्का

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय

“घुयँत्राे”:बिरसिक्का

नेरा माविमा तिज विशेष कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *