कनकासुन्दरी–६ को गोरुचौर आधारभूतमा आशिका फाउन्डेसनद्वारा न्यानो कपडा वितरण

काली बहादुर परियार

जुम्ला,७ मंसिर ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ स्थित आधारभूत विद्यालय गोरुचौरमा आशिका फाउन्डेसनले न्यानो कपडा वितरण गरेको छ। कर्णालीमा चिसो बढ्दै गएपछि बालबालिकालाई जाडोबाट जोगाउन भन्दै फाउन्डेसनले जुम्ला सहित दुर्गम क्षेत्रमा पुगेर न्यानो माया अभियान सञ्चालन गरिरहेको छ ।

विद्यालयमा अध्ययनरत १ सय ६९ जना विद्यार्थीलाई जाडो काट्न आवश्यक न्यानो कपडा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले विशेष गरी कमजोर आर्थिक अवस्था भएका र कठ्याङ्ग्रिने चिसोले सबैभन्दा बढी प्रभावित हुने बालबालिकालाई प्राथमिकता दिएकाे छ ।

वितरण कार्यक्रममा विद्यालय प्रशासन, अभिभावक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो । स्थानीयहरूले कर्णालीको कठोर मौसममा यस्ता सामाजिक अभियानहरूले विद्यालय जाने वातावरण सहज बनाइदिने भन्दै आभार व्यक्त गरेका छन् ।

हामी कहाँ जाडो अत्यधिक हुन्छ। न्यानो कपडा पाएपछि अब हाम्रा बच्चाहरू ढुक्कले विद्यालय आउन सक्छन्, एक अभिभावकले भने । आशिका फाउन्डेसनका प्रमुख आशिका तामाङका अनुसार, कर्णालीका जुम्ला, हुम्ला र मुगु जिल्लामा चिसो मौसम छेक्नका लागि न्यानो कपडा, टोपी, मोजा र शैक्षिक सामग्री वितरण अभियान निरन्तर चलाइने बताइन् ।

उनले भनिन्, दुर्गम क्षेत्रका बालबालिकाले जाडोका कारण शिक्षा नछोडून् भन्ने हाम्रो फाउन्डेसनकाे उदेश्य रहेकाे छ।
न्यानो कपडा सँगै बालबालिकाको अनुहारमा देखिएको खुसीले अभियानको प्रभाव स्पष्ट झल्काउँछ। चिसाेले कठ्याङ्ग्रिने कर्णालीमा यस्तो सहयोग पुनःप्रेरणादायी बनेको छ।

कनकासुन्दरी–६ को गोरुचौर आधारभूतमा आशिका फाउन्डेसनद्वारा न्यानो कपडा वितरण

सल्यान पश्चिममा रास्वपा जुट्याे वडा कमिटी विस्तारमा

कनकासुन्दरी–६ को गोरुचौर आधारभूतमा आशिका फाउन्डेसनद्वारा न्यानो कपडा वितरण

बेतन कर्णालीमा ९३ अर्ब ४० करोड लगानी

Leave a comment

Your email address will not be published. Required fields are marked *