बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीसहित ४ जनालाई भ्रष्टाचार मुद्धा

सुर्खेत, ७ जेठ ।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जनालाई अख्तियारको मुद्धा लागेको छ । सरकारी पदमा बसेर निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुरयाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ ।

रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन मुद्धा दायर गरिएको छ । आ.व. २०७९।८० मा रुकुम पश्चिम पिपलकाँडा मेलगैरी सडक निर्माण योजनाको लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित रु.१,९९,८२,७९३।३७ कायम भएको उक्त योजना सञ्चालनमा अनियमितता भएको पाइएको छ ।

बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोटबीच रु.७७,४४,५७०।५२ मा सम्झौता भई भएको निर्माण कार्य फिल्ड प्रतिवेदन अनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको काम भन्दा बढी सड्क निर्माण भएको भनि नापी किताब तयार गरेर अनियमितता भएको पाइएको छ ।

लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनि प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरुको हस्ताक्षर नै नभएकोले प्रतिवादीहरुको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरित भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनि नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी गराई सोको आधारमा रु.२१,६३,८६५।४४ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिने/लिने कार्य गरी बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी र आफूहरुलाई गैरकानूनी लाभ पु¥याउने कार्य गरेको पुष्टि भएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *