बर्सेनि करोडौंकाे अर्गानिक खाद्य निर्यात
गाेल्डेन बुढा
जुम्ला,७ जेष्ठ
काठमाडौकी सृजना प्रधान मंगलबार पर्यटकीय स्थल मुगुको राराताल हुदै जुम्लाको सदरमुकाम खलंगामा झरिन्।उनलेे काठमाडौमै हुदा जुम्लाका अर्गानिक खाद्यान्न वस्तुहरु किनेर लिन इच्छा थियोे।उनलेे जुम्लाको अर्गानिक खाद्यान्न वस्तु सुनेकी थिइन्।स्वाद लिन पाएकी थिइनन्।तर,सृजना राराहुदै कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन गर्ने निर्णय गरिन्। चन्दननाथ मन्दिर दायाँ पट्टी प्रशासन कार्यालयकाे आडमा अर्गानिक चन्दननाथ मिनि कार्केट लेखेको साइनबोर्ड देखिन्।उनका नयनहरु सिधै भित्र राखिएको अर्गानिक वस्तु तिर,डुले र भित्र पसिन्।खुसी हुदैन उनलेे जिम्बाे,मार्सी चामल,स्याउका चाना,ओखर,सिमीकाे दाल र हिमाली धनिया,(घाेडामच्चाे) चिनाे र फापरकाे पिठो किनेर लिइन्।उनलेे भनिन् करिव ६ हजार रुपैयाँ बराबरको अर्गानिक वस्तु उठाएको बताइन्।यस्तै अर्की नीसा काेइरालाले पनि ४ हजार रुपैयाँको अर्गानिक खाद्यान्न किनेको सुनाइन्।
काठमाडौंकी प्रिया गिरीले पनि पहिलोपटक जुम्लामा आफै पुगेर ३ हजार ८ सय रुपैयाँको उत्पादित अर्गानिक खाद्य वस्तु लिएर फर्किन।पछिल्लो समययता जुम्लामा पुग्ने बाह्य तथा आन्तरिक पर्यटकले अर्गानिक काेसेली तथा अर्गानिक घर संचालन भएर लाखौं अर्गानिक वस्तु निर्यात भइरहेको छ। चन्दननाथ सहकारीद्वारा संचालित चन्दननाथ अर्गानिक मिनी मार्केटले मात्रै बर्सेनि करोडभन्दा बढिको विभिन्न खाद्य वस्तु तथा स्थानीय उत्पादन बिक्री गर्ने गरेको छ । चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डे भन्छन् चन्दननाथ सहकारीले जुम्लाको सदरमुकाम खलंगामा, कालीकोट र जुम्लाको सीमाक्षेत्र नाग्मा बजार, कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौँमा समेत अर्गानिक पसल राखेर जिल्ला अर्गानिक खाद्यान्नको व्यापार गर्दै आएको छ ।चन्दननाथ अर्गानिक मिनी मार्केट जुम्लाबाट मात्रै बर्सेनि लाखौँको खाद्यन्न जिल्ला बाहिर निर्यात हुन्छ।
चन्दननाथ मन्दिर दर्शन गर्ने पर्यटकहरू, कामको लागि पुग पुग्नेले जुम्ली काली मार्सी चामल , सिमीको दाल, चिनो, कागुनुको चामल, कोदो तथा फापरको पिठो बिक्री भइरहेको छ। वि.सं २०७६ सालदेखि अहिलेसम्म सिमी ८१ हजार केजी एक करोड ७५ लाख ५० हजार रुपियाँ, मार्सीचामल र धान ८१ लाख,ओखर एक करोड २६ लाखको बिक्री भएको छ ।त्यस्तै, स्याउको चाना ७२ लाख, जिम्बो ५७ लाख ६० हजार, टीमुर २१ लाख ६० हजार, चिनाे ६२ लाख १० हजार, कागुनो ५७ लाख ५० हजार, फापरको पिठो ५४ लाखको, कोदो १३ लाख ५० हजार, अर्गानिक जडिबुटी चिया १६ लाख २० हजार, जौँको पिठो १३ लाख ५० हजार रुपैयाँको बिक्री भएको छ। भने, सेतो भट्ट १८ लाख ९० हजार,गहत २४ लाख ५० हजार, गुराउस १७ लाख ५० हजार, केराउ एक लाख १२ हजार पाँच सयको बिक्री भएको छ ।जुम्लामा उत्पादन भएको अर्गानिक खाद्य वस्तु गाउँगाउँबाट खरिद गर्ने तथा बजारीकरण गर्ने विषयमा जोड दिइएको छ ।
यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा नेपालगन्ज, सुर्खेत र काठमाडौँमा ६ सय ८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडी पाखी ३६ लाख ४८ हजार जिल्ला बाहिर निर्यात भएको छ ।
यस्तै ३ सय ८० मेट्रिक टन ६८ लाख ४० हजार हिमाली भेडाको ऊनको कोटेपाखो, १२ लाख ३६ हजार,खरायोको टोपी, १३ लाख २० हजार रुपैयाँको खसीको मासु समेत निर्यात भएको छ । यता सदरमुकाममा संचालित अर्को रारालिही अर्गानिक खाद्यन्न कोसेली पसलले पनि सिमी, मार्सिधान, चामल, ओखर, चिनाे , कागुनाेय लगातका खाद्य वस्तुहरू बर्सेनि करोडौंको बिक्री गरिरहेको सञ्चालक राधिका भण्डारी बुढा (मेनका)ले बताउँछिन् ।