२०८२ फाल्गुन ५ गते
×

Now Playing

बर्दियामा यसबर्ष बाढीबाट ८३ हजार बढी बासिन्दा प्रभावित हुने आकलन

बर्दिया ,६ असार।

यसवर्ष ठूलो वर्षा भए बर्दियामा ८३ हजार बढी बासिन्दा प्रभावित हुने अनुमान जिल्ला विपत् व्यवस्थापन समितिले गरेको छ । मौसम पूर्वानुमान अनुसार यसवर्ष सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बढी वर्षा हुने आकलन गरिएको छ ।

तिमध्ये लुम्बिनी प्रदेशको बर्दिया बाढीको सबै भन्दा जोखिममा मानिन्छ । बर्दियाबाट बग्ने कर्णाली, बबई लगायत नदी छन् । यस बाहेक ठूला साना खोलाहरु छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस वर्ष ठूलो पानी परे बर्दियामा बाढी र डुवानबाट ८३ हजार बढी मानिस बढी प्रभावित हुने बताउनुभयो ।

‘२०४० साल देखि बर्दियामा बाढीको पुर्‍याएको क्षतिको आधारमा यो आकलन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘मनसुनजन्य विपत् प्रतिकार्यका लागि सम्पूर्ण तयारी गरिएको छ । यस बाहेक उद्धारपछि राहतको व्यवस्थाको तयारी पनि गरिएको छ ।’

जिल्लाका आठै वटा पालिका विपत् प्रतिकार्यका लागि तयारीमा लागेका छन् । ४०, ०५१, ०५८, ०७१, ०७४ र ०७९ सालमा ठूलो बाढी आएको थियो । यस अवधिमा ५० जना बढीको ज्यान गइसकेको छ । सबै भन्दा ठूलो बाढी ०७१ साल साउनमा आउँदा ९३ हजार मानिस प्रभावित भएका थिए । ०७१ को बाढीले बाढीले बगाउँदा ३२ जनाको ज्यान गएको थियो । बर्दियामा ०७१ को बाढीले रामपुर टप्पु र ढुग्रवा गाउँ नै बबईले बगाएको थियो ।

मनसुनजन्य विपत् पूर्व सुरक्षा निकायका तीन अंग नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलाई उद्धार, राहत लगायत विषयमा कृतिम अभ्यास गराइसकेको छ । बाढी आउनु पूर्व सूचना प्रणाली अन्तर्गत साइरन बजाउने, समूहले प्रभावित बस्तीका मानिसलाई सुरक्षित स्थल तर्फ जान सल्लाह दिने काम गर्ने छन् ।

बर्दियामा यसबर्ष  बाढीबाट ८३ हजार बढी बासिन्दा प्रभावित हुने आकलन

समृद्ध कर्णालीको आधार युवा शक्ति : मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *