बाँकेको बैजनाथमा सडेको अवस्थामा पुरुषको शव फेला, घटनाबारे अनुसन्धान जारी

बाँके ,६ असार।

बाँकेको बैजनाथ गाउँपालिका–६ गडरहि नजिक रहेको पानी जमेको स्थानमा एक पुरुषको सडेको अवस्थामा शव फेला परेको छ।
शुक्रवार बिहान करिब ९ बजे स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शव फेला पारेको हो।

प्रहरीका अनुसार शव पूर्व–पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ रहेको जमेको पानीमा भेटिएको थियो। घटनास्थल नजिकै फेला परेका कागजातका आधारमा मृतकको पहिचान बैजनाथ गाउँपालिका–३ निवासी ६५ वर्षीय रन बहादुर दमाई भएको अनुमान गरिएको छ। शव अत्यधिक सडेको अवस्थामा भेटिएकाले मृत्यु केही दिनअघि नै भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतकको शव श्री ज्योति आधारभूत विद्यालयको उत्तरपट्टिको क्षेत्रमा भेटिएको हो। घटनाबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी गराइएको छ भने थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज लैजाने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ।

 

 

बाँकेको बैजनाथमा सडेको अवस्थामा पुरुषको शव फेला, घटनाबारे अनुसन्धान जारी

संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माण र

बाँकेको बैजनाथमा सडेको अवस्थामा पुरुषको शव फेला, घटनाबारे अनुसन्धान जारी

सम्पादकीय : अनुदानमा साना किसान खोई ?

Leave a comment

Your email address will not be published. Required fields are marked *