रुम टु रिड र पिस नेपालको सहयोगमा महुवा बाबा माबिमा बाल पुस्तकालयको स्थापनासङ्गै उद्घाटन

कपिलवस्तु ,३ असोज ।
बुद्धभूमि नगरपालिका–६ स्थित महुवा बाबा माध्यमिक विद्यालयमा रुम टु रिड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बुद्धभूमि नगरपालिकाको सहकार्य र विद्यालयको आयोजनामा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विशेष कार्यक्रम गरी पुस्तकालय उद्घाटन तथा पुरस्कार वितरण गरिएको छ।

 


विद्यालयका प्रधानाध्यापक गणेश त्रिपाठीले पुस्तकालयले विद्यालयको शैक्षिक गुणस्तरमा महत्वपूर्ण टेवा पुर्‍याउने बताउँदै विद्यार्थीलाई नियमित रूपमा पुस्तकालय प्रयोग गर्न प्रेरित गर्नुभयो। उहाँले “पुस्तक पढ्ने बानीले ज्ञान, चेतना र आत्मविश्वास बढाउँछ” भन्ने धारणा राख्नुभयो।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पुरी गोसामीले पुस्तकालयले जीवन उपयोगी सीप, सोच र अध्ययनमा निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

पिस नेपालकि बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमकि सामाजिक परिचालक निलम मिश्रले बाल पुस्तकालयले बालबालिकामा पढ्ने बानीको विकाससँगै नयाँ–नयाँ कुरा सिक्ने अवसर प्रदान गर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सरोकारवालाले थप पुस्तक, सामग्री र स्रोत उपलब्ध गराउँदै पुस्तकालयलाई अझ समृद्ध बनाउन योगदान गर्ने आश्वासन दिएका थिए।
कार्यक्रममा पुस्तकालय व्यवस्थापक शिक्षक लगायत अन्य शिक्षक कर्मचारी विद्यार्थी र अभिभावकहरुको सहभागीतारहेको थियो।

रुम टु रिड र पिस नेपालको सहयोगमा महुवा बाबा माबिमा बाल पुस्तकालयको स्थापनासङ्गै उद्घाटन

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा लिंगो ल्याइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *