गुर्भाकोट बहुमुखी क्याम्पसमा नेविसंघका विष्ट निर्वाचित


सुर्खेत । सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका मोहन विष्ट निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
सचिवमा अनेरास्ववियुका रिमबहादुर थापा र कोषाध्यक्षमा नेविसंघका हेमन्त भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले भागबन्डा गरेका हुन्। सदस्यहरूमा ४ जना अनेरास्ववियु र ४ जना नेविसंघका निर्वाचित भएका छन् ।
सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन भने अनिश्चित भएको छ। विद्यार्थी र निर्वाचन समिति आआफ्नै अडानले निर्वाचन प्रभावित बनेको बताइएको छ।

गुर्भाकोट बहुमुखी क्याम्पसमा नेविसंघका विष्ट निर्वाचित

कर्णाली नदीमा बेपत्ता मजदुर मृत फेला

गुर्भाकोट बहुमुखी क्याम्पसमा नेविसंघका विष्ट निर्वाचित

यु १९ पुरुष विश्वकपको छनोटमा कर्णालीका २

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds