घुयँत्राे:“ओलि : विज्ञान, राजनीति र भोट लाइन सबैलाई हराउने विश्वरेकर्डधारी नेता”

हैन ! मान्छे त साच्चिकै ओलि त ओलिनै रैछन गाँठे । जे मानि रेकड बनाउने । झापालि आन्दोलनाँ लागे याैटा मान्छे छ्याक्कै पारेर १४ बर्ष जेल बसे राजनीतियाँ उदाय र रेकड बनाए। अनि राजनीति गर्दागर्दै किडनि सुकाय , आफन्तकाे सयाेगाँ किडनि हाले त्याे किडनि भन्ने जिनिस त्यसले खुब्बै राम्रो काम गर्याे भनेनि बढिमा ४ बर्ष काम गर्छ त्यसपछि मान्छे बाँच्दैन भन्थे खै त किडनि फेर्या कति बर्ष भै सक्याे बाँचेकैछन । अब त हुँदा हुँदा विज्ञानलाई नै फेल गराए ।
डाक्टरले समेत १७ मैना भन्दा वढि बाँच्नु हुन्न भन्या मान्छे ऐलेसम्म ऋष्टपुष्टैछन , खाकै छन पाटि अध्यक्ष चलाकैछन , कार्यकर्ता तहलाकै छन । आँफुले धारण गर्या किडनिलाई विज्ञानले ताेक्या समयसिमा भन्दानि लामाे समयसम्म काम गर्न बाध्य बनाएर नि रेकड ताेडेकै छन । अनि उनलाई सँधैभरि अध्यक्ष र प्रधानमन्त्री भै राख्ने झाेक चलेछि पुरै विधानै संसाेधन गरेर पाटि अध्यक्ष नि भै राख्न पाउने प्रधानमन्त्री नि भै राख्न पाउने भनेरबर्षे सिमा र पटके सिमा समेत ताेडेर चुनाबाँ लडन पाउने बनाएर रेकड ताेडे । त्यति मात्रै हाे र भष्टाचाराँ रेकड ताेडेर देशलाई नाङ्गै हिँडन बाध्य बनाएछि भष्टाचार विराेधिहरले चलाकाे आन्दोलनाँ २७ घण्टा भित्र गद्दि छाेडेर सत्ताच्युत भाकाे नि संसारकै पैलाे रेकड ताेडे । आन्दोलनलाई फगत उरन्ठेउलाहरुकाे खेल भनेर आन्दोलन पछि बनाकाे सरकारले जाँचकुझ आयाेगमा तत्कालीन जिम्मेवार व्यक्तिहरलाई बयान लिने कुरा गर्दा न म सरकारमान्छु न आन्दोलन न याे गैरकानुनी रुपाँ बन्या सरकारकाे जाँचबुझ आयाेग मान्छु भनेर आयाेगलाईनै अस्विकार गरेर सरकारी सुरक्षा निकायलाईनै थर्कमान बनाउने रेकडनि कायम गरेका ओलिका बारेमा जति वर्णन गरेनि सकिँदैन । सबै कुराकाे रेकड बनाउँदै गाका मान्छेले आफ्नो पाटिकाेचुनाबाँ अर्काे याैटा रेकनि बनाएछन । त्याे के भन्दा संसारका कुनै पनि मुलुकाँ जस्तोसुकै चुनाबाँ भाेट हाल्ने समयमानि रेकड कायम गर्याछन रे ! यसअघि चुनाबमा याैटा व्यक्तिले भाेट हाल्दा २ घण्टासम्म समय खर्च भाकाेमा ओलिले अध्यक्ष काे उमेदवारी दे काे एमालेकाे चुनाबाँ ६ घण्टा लाईनमा बसेर ३ घण्टा ३२ मिनेट भाेट हाल्न समय खर्चिनु परेकाे देख्दा ओलि बाले यसपटक फेरि अर्काे याैटा रेकड कायम गर्याछन । त्यतिमात्रै हैन हेरि राख्नु सामाजिक सञ्जालाँ सबैभन्दा बढि गालि खाने नेता मात्रै हैनकि भष्टाचारी भनेर सत्ताच्युत गराका तिनै ओलिलाई नेपाली जनताले आउने फागुन २१ साँ हुने चुनाबाँ भाेट हालेर तँ भष्टाचारी हाेईनस भनेर प्रमाणित गराएर प्रधानमन्त्री बनाउँदैछन । ६ मैना अघि घाेक्र्याएर निकाल्या मान्छेलाई ६ मैनापछि प्रधानमन्त्री बनाएर गद्दी याँ बस्न पुग्या मान्छे नि ओलिनै हुनेछन । हरेक कुरा रेकड बनाउन मायुर खेलाडी ओलि अब विपक्षिका माझ बतुराउँदै हिँडने नेता मात्रै नभएर विश्वमा अनेक कुराँ रेकड बनाएर देखाउने नेताँ गनिन सफल भका छन ।
त्यसैले प्रधानमन्त्रीकै कुर्सीयाट रेल ल्याउँछु भन्ने नल्याउने, पानीजहाज ल्याउँछु भन्ने नल्याउने, घरघर ग्यासकाे पाईप जाेडछु भन्ने नजाेडने भनेर ईल्लिबिल्लि गर्ने हामी अनि हाम्रैअगाडि यसरी रेकडै कायम गर्नेगरि काम गरेछि जतिसुकै भष्टाचार गरेनि अब देशकाे जिम्मा यिनै भष्टाचारीलाई नदिई अरु कल्लाई दिनु तनि जब जनताले नै चुनाबाँ देश जिम्मा लाईदेछि देश बेचुन कि राखुन ! हाम्ले के गर्न सक्छम र हैन त !





