२०८२ फाल्गुन ५ गते
×

Now Playing

श्रमिकको सम्मान गर्दै :जुम्लाको तिला गाउँपालिका !

गाेल्डेन बुढा

जुम्ला ,१ साउन।
जुम्लाको तिला गाउँपालिकाले सिचाँई कुलाे निर्माणकार्यमा श्रमदान गर्ने व्यक्तिको नाममा तयार पारिएको ताम्रापत्र अनावरण गरेको छ। गाउँपालिका -४ मा अवस्थित ६ किलोमिटर लामो बुहार,झारखेत मार्सी धान फल्ने सिचाँई कुलाे खनेर नि:शुल्क योगदान पुर्‍याउने श्रमिकहरुलाई ताम्रपत्रमा नाम लेखेर सम्मान गरिएको हो।श्रमदानकर्ता र परिवारलाई अविर र नेपाली ढाका टोपीले सम्मान गरिएको थियोे।“श्रम-प्रतिको सम्मान, कदयोग्य योगदान” भन्ने मूल नारा तय गरिएको थियोे।उक्त ताम्रापत्रको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले अनावरण गरेकी थिइन्।

तिला गाउँपालिका- ४, भित्र पर्ने सापुली,, रावतवाडा र नुवाकोटगाउँका मार्सी धान फल्ने भण्डारी ज्युला, सिमखेत, बुङ्गार र झार खेतका चार ज्युलामा सिँचाइ सुविधा सम्पन्न कुलो खनेर श्रमदान गर्ने सापुल्लीगाउँका नेतृत्वकर्ता वीरबहादुर सिंह र सहायक नेतृत्वकर्ता रावतवाडाका खम्मानाथ योगी नेतृत्वमा श्रमदान गर्ने ४६ जना व्यक्तिको नाम ताम्रपत्रमा नाम कैद गरिएको छ।झन्डै चार सय किसान यो कुलोबाट लाभान्वित छन् ।

अहिलेका विकास आयोजनामा बजेटको पारदर्शिता देखाउन होर्डिङ बोर्ड राख्ने परम्परा बसेको छ । तर ताम्रपत्र लेखेर आयोजना स्थलमा बोर्ड राख्ने चलन छैन । यसपटक तिला गाउँपालिकाले कुलो बनाउन सहभागी सबै ४६ जनाको नाम ताम्रापत्रमा लेखेको छ ।ताम्रपत्रमा उल्लेख भए अनुसार कुलो खन्न १९६२ सालमा थालिएको हो। त्यो कुलो १९६२ सालमा दाङबाट आएका खन्याल समुदायले खनेका थिए । उनीहरुले बुङ्गारको भीरसम्म कुलो खने । कडा चट्टाने भीर भएकाले त्यसपछि उनीहरुले सकेनन् ।अहिलेको तिला गाउँपालिका–४, बुङ्गारको भिरसम्म कुलो ल्याएर छोडिएको थियो ।

पुनः दोस्रो पटक रावतवाडा निवासी मोतीलालनाथ योगीलगायतका व्यक्तिले केही काम गरेका थिए, तर नाभीडाँडाको भिर काट्न नसक्दा कुलो पूरा हुन सकेको थिएन।कुलो खन्न थालेको झन्डै एक सय वर्षपछि तत्कालीन कुडारी गाविस अध्यक्ष चक्रबहादुर शाहीको पहल र नुवाकोट गाउँका भक्तबहादुर चौलागाईसहितका व्यक्तिको समर्थनमा तिला-४, सापुल्लीगाउँका वीरबहादुर सिंहको नेतृत्वमा पुनः श्रमदानबाट निर्माण सुरु गरिएको थियो। बुङ्गार-नाभीडाँडा हुँदै झारखेत सिँचाइ कुलो निर्माणमा योगदान पुर्‍याउनेहरुकाे नाम अभिलेखीकरण गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रममा श्रमदानकर्ताको अभिलेखीकरण गरिएको हो।गत वर्ष असोज १६ गते बसेको कार्यपालिका बैठकले नै उनीहरुको नाममा ताम्रापत्र राख्ने निर्णय गरेको थियो ।योगदानकर्ताका अनुसार कुलो निःशुल्क निर्माण गर्न २०५३ देखि २०६३सम्म १० वर्ष लागको थियो। १० वर्षमा पाँच करोड तीन लाख ६ हजार रुपैयाँको श्रमदान भएको ताम्रापत्रमा उल्लेख छ ।ताम्रपत्रको अनावरण गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले यो निकै ऐतिहासिक कार्य भएको बताइन्।निस्वार्थ कार्यमा सहयोग पुर्‍याउने सबै नेतृत्व र श्रमिकहरुप्रति उच्च सम्मान छ।उनले भनिन्। दिगो र दुर्दशी काम सबैले अनुसरण गर्नुपर्ने बताउँछिन्। अमूल्य कार्यकाे इतिहास दस्ताबेजीकरण गर्न गाउँपालिकाले ताम्रपत्रबाट सम्मान गरेको हो।

बुङ्गार-नाभीडाँडा-झारखेत सिँचाइ कुलोका श्रमदान नेतृत्वकर्ता ७५ वर्षीय वीरबहादुर सिंहले उतिबेला खन्ने कुनै ओैजार र उपकरण थिएनन्। काेदालाे भरमा, “घरबाट भुटेका मकै, भटमास बोकेर आउँथ्यौं, कतिले त भटेउला नामक जरीबुटी खाएर संघर्ष गरिएकाे स्मरण गरे।उनलेे भने,´ कुलो निर्माण गर्दा छाेरा धीरबहादुुर सिंह खसेर पुर्नजन्म पाएको सुनाए। कुलाे निर्माण गर्दा काठका लठ्ठी, डोरीकाे प्रयोले चट्टान फोरेका थिए। तीमध्ये धेरै श्रमिकहरू अहिले दिवंगत भइसकेका छन्, तर उनीहरूको योगदान ताम्रपत्रमार्फत दस्तावेज गरिएको छ।श्रमिकको कदर स्थानीय सरकारले गरेको भन्दै विरबहादुरले खुसी प्रकट गरे।ताम्रपत्रमा नाम लेखिदिएकाे भन्दै गाउँपालिकालाई धन्यवाद दिए।२०५० सालमा चक्रबहादुर शाही कुडारी गाविस अध्यक्ष बने।

 

उनले वीरबहादुरको नेतृत्वमा टोली बनाइदिएर भीरमा कुलो खन्ने कार्य फेरि सुरु गरे।तत्कालीन गाविस अध्यक्ष चक्रबहादुर शाहीले नयाँपिँढीले यस्ता ऐतिहासिक श्रमको मूल्य बुझ्नुपर्ने बताए। मान्छे मेरर गएपनि समाजका लागिएको अम्बर बनेका छन्।यस्तै अर्का स्थानीय धनबहादुर हमालले श्रमप्रतिकाे सम्मानले उत्साहित भएको बताए।हामी मरेर गएपनि छाेरानातीले नाम ताम्रापत्रमा पढ्न पाउने बताए।सम्मान हुन पाउदा ‘ हौसला संगै, ‘यसबाट आत्मसम्मान बढेकाे छ ।कुलो निर्माणमा श्रमिकहरूले देखाएको त्याग र समर्पणलाई गाउँपालिकाले सम्मान गरेको गर्याे ,”उनलेे भने।स्थानीयले अहिले बुङ्गार-नाभीडाँडा-झारखेत सिँचाइ कुलो निर्माण समिति निर्माण गरेर गाउँपालिकामा यो कामका लागि माग गरेको निर्माणका समितिका अध्यक्ष वीरबहादुर सिंहले बताए।अरू केहीको नाम छुटेको र त्यसमा पछि थपिने बताइएको छ।

श्रमिकको सम्मान गर्दै :जुम्लाको तिला गाउँपालिका !

नेपाल राष्ट्र बैंककाे अर्धवार्षिक अध्ययन प्रतिवेदन :

श्रमिकको सम्मान गर्दै :जुम्लाको तिला गाउँपालिका !

नेपालगन्ज भन्सारमा २० अर्ब बढी राजश्व सङ्कलन

Leave a comment

Your email address will not be published. Required fields are marked *