भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सुविधा

बाँके, ३१ भदौं ।
नेपालगञ्जस्थित भेरी अस्पताल मृगौला प्रत्यारोपणका लागि सूचीकरणमा परेको छ । सरकारको पाँच महिना १५ गतेको सचिवस्तरीय बैठकले भेरी अस्पताललाई औपचारिक रूपमा प्रत्यारोपण केन्द्रका रूपमा स्वीकृति दिएको हो ।
यससँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई मृगौला प्रत्यारोपणका लागि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ । उपचार सेवामा सहजता आउँदा आर्थिक तथा शारीरिक बोझ कम हुने अपेक्षा गरिएको छ ।

भेरी अस्पतालमा मृगौला प्रत्यारोपणसँगै पेरिटोनियल डायलासिसको पनि व्यवस्था गरिने भएको छ । मृगौला प्रत्यारोपण सेवासम्बन्धी परामर्शदाता नर्स झसिन्द्रा केसीका अनुसार यसले स्थानीय बिरामीलाई थप राहत दिलाउनेछ ।






