आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

सुर्खेत, ३१ भदौ ।
कर्णाली प्रदेशका राजनीतिक दलका नेताले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन् । मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको माग गरेका हुन ।
आम नागरिक र खासगरी युवापुस्ताबीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहल पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढेको स्वीकार्दै विगतमा देखिएका यस्ता कमजोरीलाई सच्याउनु र आत्मसमीक्षा गरी आआफ्नो ठाउँबाट सुधार गर्न विज्ञप्तिमार्फत सुझाइएको छ ।

 

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सुविधा

Leave a comment

Your email address will not be published. Required fields are marked *