आयुर्वेद उपचारमा बढ्दै आकर्षण 

बाँके , १ जेष्ठ ।
बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा मानिसहरूको आकर्षण बढ्दै गएको छ। कोहलपुर नगरपालिका -११ मा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हाे । जिल्लाका विभिन्न पालिकाबाट   दैनिक २५ देखि ३० जना  उपचारका लागि  बिरामीहरू आउने गरेका छन् ।

कोहलपुर ११ का रमेश प्रसाद श्रेष्ठ   नसा सम्बन्धि रोगबाट पीडित छन् । दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछि  नेपाल मात्र नभई लखनउका विभिन्न अस्पतालसम्म पुगे । जति उपचार गर्दा पनि सन्चो नभएपछि प्राकृतिक पद्धतिबाट उपचार थालेपछिआफू निको भएको बताउछन् ।  बाहिर औषधालयमा नि:शुल्क सेवा पाउँदा आफु जस्ता धेरै विपन्न नागरिकलाई राहत मिलेको उनको भनाइ छ ।मुगुकी माेतिसरा विश्वकर्मालाई पनि  हातखुट्टा दुख्ने समस्या छ । उपचारका लागि तराई झरेकि उनि आयुर्वेद अस्पतालको सेवाबाट सन्तुष्ट छिन् ।

यस्तै ग्याष्टिककाे  समस्या भोगिरहेका काेहलपुर-८का गोवर्धन केसीले  अस्पतालले प्रदान गर्ने सेवा  ज्येष्ठ नागरिक मैत्री भएको बताउछ्न । घरमै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताए।

कोहलपुरमा रहेको आयुर्वेद औषधालय जिल्लाको एकमात्र सरकारी अस्पताल हाे । नगरपालिकाको स्वामित्वमा रहेकोले अस्पतालले विभिन्न शिविर,घरदैलो सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप बढेको बताउछन्  ,कोहलपुर आयुर्वेद औषधालयका शाखा प्रमुख उदिप श्रेष्ठ  ।

उनले अस्पतालमा आयुर्वेद सेवा लिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगीहरु आउने  गरेको बताए । रुघाखोकी , नसा, पायल्स फिस्टुलाका रोगीहरू बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निःशुल्क पाइने  ओपिडी सेवा , बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपान सेवा कार्यक्रम , ज्येष्ठ नागरिकहरूको लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम त्यस अन्तर्गत  रसायन औषधी  इम्युनिटी पावर बढाउने  कार्यक्रम , अनि बाथको समस्या भएकाहरूको लागि  पन्चकोष कार्यक्रम अन्तर्गत पूर्वक्रम सेवा स्टिमबाथ  हातखुट्टा दुख्ने , नसासम्बन्धी समस्या भएका बाथरोगीहरुको लागि दुई प्रकारको सेवा दिइरहेको बताए ।

कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरूमा  स्वास्थ्य शिविर सँगसँगै योग शिविर सञ्चालन गर्दै आएको छ ।शिविर सञ्चालन अनि कोरोनाको कहर सुरु भएदेखि बिरामीहरू खोज्दै खोज्दै यहाँसम्म  आउनेको चाप बढेको छ।

आयुर्वेद  औषधालयमा उपचार गराएका बिरामीहरू सन्तुष्ट छन् । जनशक्ति अभावका कारण उपचार गर्न समस्या छ । अस्पतालकाे   सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।

आयुर्वेद उपचारमा बढ्दै आकर्षण 

कर्णाली प्रदेशको विनियोजन विधेयक : विदेशको अनुभव

आयुर्वेद उपचारमा बढ्दै आकर्षण 

भ्यान दुर्घटना चालकसहित दुई जना गम्भीर घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *