साेजाे सेटमै हरायो रुकुम कल्वले बनगाडलाइ
दुर्गा विसि
सल्यान ,३१ जेष्ठ ।
सल्यान पश्चिमकाे सल्लिवजारमा जारि प्रथम भलिबल प्रतियोगिताको फाइनल खेल शुक्रबार सम्पन्न भएको छ ।सल्यान बनगाड कुपिण्डे नगरपालिका र रुकुम कल्व विच भएको फाइनल खेलमा रुकुम कल्वले ३-० ले जति हात पार्दै विजेता हुन सफल भएको छ । सल्यान पश्चिममा भलिबल तर्फ यति ठुलो राशिको पुरस्कार भएको याे पहिलो खेल हाे ।
जेष्ठ १५ गते सडक दुर्घटनाकाे कारण भन्दै आयोजकले ३ युवाकाे मृत्यु पश्चात् यसलाई श्रद्धाञ्जली स्मृति खेलकाे समेत नामकरण गरेको छ ।रिभर टाउन कल्वले आयोजना गरेको उक्त खेल जेष्ठ २७ गतेदेखि सञ्चालनमा रहेको थियोे ।विविध वावजुद चुनौतीका साथ खेल सम्पन्न भएको आयोजना कर्ता तुलाधर नेपालीकाे भनाइ रहेको छ ।
अन्तिम फाइनल खेल हेर्नको लागि दशर्कहरु भिड लागेको थियोे ।खेलमा तृतीय पुरस्कार
को अर्थिक सहयोग दिप वहादुर खड्काले गरेका थिए भने खेल उद्घाटन समेत खड्काबाट भएको थियोे ।प्रतियोगीलाई नगद पुरस्कार राशिसँगै,मेडल,प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।विजेता रुकुम कल्व रहेको छ भने उपविजेता आयोजक बनगाड कुपिण्डे रहेको छ ।