जुम्ला कारागारदेखि भागेका १४ कैदी प्रहरीको नियन्त्रणमा अझै २२ फरार

गाेल्डेन बुढा
जुम्ला,२८ भदौ।
जुम्लाको कारागार बाट भागेका २२ जना अझैसम्म फरार छन्। गतमंगलबार राति भागेका ३६ जना कैदीबैन्दी मध्ये २२ जना अहिलेसम्म फरार छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार उक्त राति भागेका ५ जना कैदीलाई उतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो।उनलेे,´भने पछिल्लो चरणमा १४ जना कैदी कारागार फर्किएका हुन्। शनिबार ३ जना कैदीलाई नियन्त्रणमा लिइएको छ। पुर्णप्रसाद भण्डारी,दिपेन्द्र सुनार र रमेश नेपाली( सार्की) हुन्।

यस्तै शुक्रबार सन्तोष सार्की,भक्त राज शाही,पुन्न वि.क, डम्बर नेपाली र सुरेन्द्र महतलाई पक्राउ गरिएको थियोे। यस्तै प्रेम राजा महत ,दिनेश लावड,हिक्मत गिरी,डिल्ली कार्की,भिम प्रसाद कडायत र हुकुम शाही छन्।डीएसपी रेग्मीले कैदीलाई कारागारमा ल्याउन आफन्तलाई पत्राचार गरिएको बताए।फरार कैदीबन्दीको खोजी कार्य जारी राखेको छ।’एक नाबालक लगायत कारागारमा कुल ९८ जना कैदीबन्दी थिए। पाँच जना महिला कैदीबन्दी भने कारागारमै बसेका थिए।

भागेका कैदीबन्दीले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका थिए।भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने प्रहरीले चेतावनी दिइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । कारागारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटाइएको छ ।






