मनोरोगी प्राध्यापक र सुकेनाशी संविधानबीच अन्तरसम्वाद

प्रा. पदमलाल देवकोटा, पिएचडी
गुरुदेव ! गुरुदेव !! गुरुदेव !!!
को हो? म तपाइको सिराननेर दराजमा राखेको नेपालको संविधान २०७२ हुँ ।
यति राती १२ बजे किन मलाई जगाएको नानी?
गुरु!नेपालका ठूला ठूला राजनीतिक कुराहरु र घटनाहरुको शुभसाइत मध्यरातमा नै निस्कने भएकोले मैले हजुरलाई ब्युझाएको हो । दुःख नमान्नु होला ।लौ! भन, मसँग तिमे केकाम छ? म त गुरुवर, हेर्नुहोस्,साह्रै बिरामी भएँ । संविधान नानी, तिमी कहाँ बस्छौं? बस्न त मलाई बालुवाटारमा राखिएको छ तर त्यो मेरो स्थायी घर होइन, अस्थायी डेरा जस्तै हो । डेरा भएर के गर्नु, घरपट्टिहरु छिटो छिटो बदलिरहन्छन् । कहिले एकल, कहिले जुम्ल्याहा, कहिले तिम्ल्याहा र अहिले त झन् चम्ल्याहा छन् । यि घरवेटीहरुले मलाई दिनसम्म दुःख दिएका छन् -कचकच गरिरहन्छन् । कसैले समाजवादी, कसैले माक्र्सवादी-लेलिनवादी, कसैले राजावादी, अर्कोले माओवादी र दक्षिणतिरकोले मधेशवादी बन् भन्छन् । फेरी केहिले छुट र फुटको पछाडी लाग भनेर हैरान र लखतरान पारिरहेका छन् । लाजै नमानेर मुख खोल्छन् ।
नानी ! हाल मात्र मिति २०७२ मा जन्म्यौं, सानै रहिछ्यौ, जे होस् तिम्रो रेखदेख गर्ने धेरै रहेछन् । मलाई पनि तिमि एक अभिभावक ठान । म त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानको स्वास्थ्य विकास परियोजनाको संयोजक भएर काम गरेको हुँ । तिम्री हजुरआमा जन्मदा म पनि प्रजातन्त्रको आन्दोलनमा त्यहि संस्थाबाट लागेको हुँ । पीर नगर ! त्यहाँ मैले चिनेजानेका डाक्टरहरु छन् । तिनीसँग लगेर तिम्रो रोगको राम्ररी उपचार गराउँन लगाइदिउँला । मसँग उपचार गराउन जान्छौं नानी ! मैया !!
होइन गुरुदेव, मलाई मेरी आमा भारतमा छदै म गर्भमा रहदा सुकेनास लागेको हो, अहिलेसम्म छोडेको छैन । मेरो दिनप्रतिदिन स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्यो । गुरु ! मेरो यो रोग नेपालका कुनै अस्पतालका कुनै डाक्टरले सञ्चो पार्न सक्दैनन् । यो रोगको नाम नेपालीलाई लाग्ने “भारतीय सुकेनास” हो । यसको उपचार भारतको एउटा अस्पतालमा मात्र हुन्छ, त्यो अस्पतालको नाम हो–अल इन्डिया रेडिकल इन्स्टिच्युट ।
नानी! यो अस्पतालको नाम त मैले आज मात्रै सुने । गुरु यो अस्पतालको सबैले बुझ्ने नाम दिल्लीमा रहेको साउथ ब्लक हो । त्यहाँ मात्र मलाई लागेका रोगको उपचार सम्भव छ, अन्त कतै हुनै सक्दैन । यसले नेपालका लागि गर्वदान गर्छ, बच्चाबच्ची जन्माइदिन्छ, खानपिन गरी हुर्काइदिन्छ र उसले भनेको नमाने सुकेनास रोग लगाइदिन्छ । नेपालीलाई भारतीय लाहुरे बनाएर सर्वनास गर्न लगाउँछ । नानी ! मेरो त्यो अस्पतालसम्म पहुँच छैन, तिमे उपचारको प्रबन्धको लागि प्रचण्ड काकासँग सम्पर्क गर्यौं भने तिमीलाई केही सहयोग गर्न सक्छन् कि? उहाँको माओवाद भारतमा नै जन्मे हुर्केको नाताले तिमि उनीहरुको छोरीवहिनी पर्छौं होला । अवश्य तिमिले प्रचण्ड काकाको शरणमा जाउँ । उनी भारतका नेपाली लाहुरे हुन् । गुरुदेव, म तपाइलाई एउटा अति गोप्य कुरो बताउन चाहान्छु । मेरी हजुरआमा भारतमा नै माओवादी जस्तै जन्म लिन चाहान्थिन् तर भारतीय नेताहरुले उनलाई माया गरेर अवैध सन्तान भनेर नेपालकी छोरीको अपमान होला भनी गिरीजा बाबु, मनमोहन अधिकारी र गणेशमान सिंहको जिम्मा लगाएर नै मेरो हजुरआमाको जन्म भयो । त्यसपछि मेरो आमाको जन्म र पछि आएर वि.सं. २०७२ सालमा मेरो जन्म भएको हो । मेरो हजुरआमाको जन्म हुँदा यो वैध सन्तान हो कि होइन भनेर प्रश्न उठाउने मेरो प्यारो काका मदन भण्डारीको हत्या गरियो । मेरो आमाको जन्म दिने राजा बीरेन्द्रको पनि बंश हत्या भयो । अहिले म जम्मा नौ वर्षको नावालिक छु । मलाई मेरा सबै अभिभावकसँग डर मात्र लागिरहेको छ ।
मेरो हजुरआमाका हितैषी नेताहरुको एक झुण्ड काठमाडौंमा गणेशमान सिंहको चाक्सिवारीमा आएर धम्कि दिँदै राजगद्दिबाट राजा हटाइयो । यसबाट हिन्दु राष्ट्रको आधारशिला ध्वस्त पारियो । अनि भारतमा जस्तै अंग्रेजहरुले अगाडि अगाडि तोप र पछाडी पछाडी पोप निम्त्याए । त्यसैगरी नेपालमा पनि माओवादीहरुको राइफल सँगसँगै बाइबल पनि भित्रियो । आज नेपालको टोल टोल चर्च मण्डलीमय भएको छ । देश बेधर्ममय भएको छ । भारत आजसम्म पनि आफुलाई “हिन्दुस्तान” भन्दैछ तर मेरी बज्यैको पालामा राजा हटेपछि हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्ष राष्ट्र घोशित गरियो । मेरी हजुरआमाले सपनामा गिरिजा बाबु, मनमोहन अधिकारी र प्रचण्डसँग संवाद गर्दा मेरी हजुरआमालाई हप्काई दप्काई गरियो र गिरिजा बाबुले भन्नुभयो “तिमी धेरै बाठी नहोउ, धेरै बाठो हुन खोज्यौ भने तिम्रो गर्भाधारण जहाँ भएको हो त्यहिँ पुरयाईदिउला” । गुरु ! मेरी हजुरआमा डरले चुप लागेर बस्न बाध्य भइन् । मेरी आमाको पालामा पनि उहाँलाई १२ बुँदै शान्ति सम्झौताको पासोमा पारियो, राष्ट्रियताको नाममा देशमा अन्तरराष्ट्रियता बढ्यो । राष्ट्रको मानमर्दन गरियो । यि सबै माथिका आमाले सुनाएका अनुभव आत्मसाथ गर्दै मलाई चित्त बुझेपनि नबुझेपनि नेताहरुले जे भने पनि सहेर बसेको छु । यहि कारणले पनि मलाई सुकेनास रोगले मेरो ढुकढुकी मात्र बाँकी छ । यस्तो अवस्थामा देश र जनताको हीतको लागि चुप लाग्नु नै उचित ठानी अर्को बहिनिको छिटो जन्म हुने अभिलासा बोकेर मर्ने दिन गन्दै बसिरहेको छु । गुरुदेव, मलाई प्रेसरको पनि विरामी छ, मेरो प्रेसर नेपालको प्रजातान्त्रिक इतिहास पढ्दा झन झन् बढ्छ । गुरु ! मेरो हजुरआमा र आमाले दुःख झेल्नुपर्यो। तीनजना त श्रीमति नभएको राँडा मालिक । एकजना बुढा बाजे त डेरीको दुध खान समेत पल्केका थिए । मेरी आमाले एकजनाको बोली नै नबुझिने र अर्को एकजनाको बोल्दा हिन्दी लवज निस्किने रामनगरे नेपाली बाबुसँग कसरी गुजारा गर्नुभयो होला आफै सोच्नुहोस् त ! मेरी आमा भारतीय लाहुरेहरुले चलाएको सरकारमा थरथर कापेर पनि सेवा चाकरी गरिरहिन् । १७ हजारभन्दा बढी नेपालीको सोत्तर बनाएर सरकारमा बसेकाहरुले धर्म, अर्थ, काम र मोक्षमाथि लुट गरे, कुट गरे र भुट गरे । अहिले म पनि गतिलाको हातमा परेको छैन । कसैको बोली नै नबुझिने, कोही बोलेको बोल्यै गर्ने, धर्मप्रसादको टाउको कटुवाको कब्जामा थुरथुर काप्दै सेवा चाकरी गरिरहेको छु । मेरो जीवन नर्कमा बसेसरहने छ । मबाट आम मानिसको रक्षा र उन्नती हुनै सक्दैन । नानी संविधान, खसानकै एउटा बुहारीको बच्चो, साह्रै होनहार छ । जसको नाम र जात दुबै पूर्वराजासँग मिल्छ । तर यो केटोले रामे गुरु पुरोहित देववर्मा जोईसीजस्ताको खाँचो छ । खस साम्राज्यको सम्राट हुनुपर्ने मानिस पूर्वराजाको चपरासी भएर हिँडेको छ । सायद यिनी नागराज, पुण्य पाल र बलिराजका सन्तानको हाँगो होइनन् कि क्या हो? यिनको चालमाल हेर्दा झर्रा खस ठकुरी नभएको जस्तो लाग्यो । गुरुदेव ! यो पत्ता लगाएर मलाई पनि जानकारी गराउनुहोस् है । गुरुवर! तपाइलाई थाहा छ नेपालमा सबै राजखलकका मानिसहरु बस्छन् । थारु, किराँत, ठकुरी, छन्त्याल, मगर, गुरुङ्ग, नेवार, चौधरी (खान), राजवंशी, कोचे, मेचे, कर्णाटक बंशी, जाड र भोटे, यिनका पूर्खा सबै राजा थिए । यिनको आफ्नै राज्य थियो । तर मेरो हजुरआमाको पालामा यिनीहरु सबैलाई आदिवासी जनजाती भनी घोशित गरियो । यिनको जल्दोबल्दो इतिहासलाई ओझेलमा पार्दै “स्त्रीलिङ्गी” जनजाती नाम दिइयो । यो उनीहरुको गौरवमय इतिहास प्रतिको उपहास हो, मानमर्दन हो । मेरी हनुरआमा र आमाले यो कुराको बिरोध गर्दा प्रतिगमनतिर फर्किन खोज्ने भनेर बेस्सरी हप्काए दप्काए ।
गुरुदेव ! ब्राह्मण नेपालमा यस्तो जात हो जो खेती नगर्ने र हलो समेत जोत्दैनथे । शिक्षादिक्षा दिने रपूजा अर्चना कार्यमा अग्रसर जाति हो । नेपालको कुनै पनि संविधानमा उनीहरुको व्यवस्था भएको छैन । मैले यो कुरा स्वप्नामा कृष्ण सिटौलासँग गर्दा उहाले चुप लाग केटी ज्यादा जान्ने नहौ भनेर हप्काउनुभयो । उहाँले आखिर बाहुन बाहेक नेपालमा प्रधानमन्त्री हुने बहुदलिय व्यवस्थामा अर्को कुनै जात छैन । माओवादी जस्तो क्रान्तिकारी पार्टीमा त बाहुन बाहेक अरु प्रधानमन्त्री हुनै सकेनन् । मैले यसो आमाले भनेको सम्झे, गणेशमान सिंहलाई राजाले प्रधानमन्त्री दिँदा पनि बाहुनहरुले फकाइफुल्याई गरी कृष्णप्साद भट्टराईलाई प्रधानमन्त्री बनाइहाले । लाटा नेवारहरु–मल्ल राजाका सन्तान रे । के भन्नु गुरुदेव, जनजातीहरुले आफ्नो कुलको मुल नै बिर्सिसके । राज्यले लगाइदिएको ट्यागको आधारमा परनिर्भर हुन थाले । जनजातीहरुको हालको अवस्था देख्दा मेरो मन भतभती पोलेर आउँछ । युरोपियन यूनियन र आइएलओले यिनीहरुलाई निरिह मानिसहरुको भिड भनी पहिचान दिएको छ । त्यसैमा सबै जाती रमाएका छन्, भुलिएका छन् । टाठा बाठाले डलर खाएका छन्, पद पाएका छन्, बाँकी निरिह र निसहयोग जीवन विताएका छन् । केही जातीको जातीय पहिचान गाभिएको छ । थारु र चौधरी एकै हुन् भनेर सबैलाई थारु भनिन्छ । थारबाट आएका राना थाचरुहरु मात्र हुन्, बङ्गालबाट आएका खान चौधरी हुन् ।
नानी संविधान! म खसान क्षेत्रको महाराजाहरुको गुरुपुरोहित खलकको मानिस हुँ । यस वर्षको “कुडा कर्णाली” को प्रबचन कार्यक्रममा एकजना बलिराजको सन्तान सिंह हुनुपर्ने बिरालो र मुसा भएर प्रस्तुत् हुनुभयो । आफ्नो मुख्यमन्त्रीमा पालो आएको तर हुन नपाएको गुनासो गरेर र यो गुनासो आफ्ना सुरक्षा अङ्गका खड्क धारण गर्ने खड्का र हलिया चरुवा (तल्लो तहका क्षत्री) समक्ष मुख्य मन्त्री देउवा ! देउवा ! भनी रुञ्चे स्वरमा कराएको सुने । मेरो मनमनमा लाग्यो मेरो राजकुमारलाई सिंहबाट स्याल र स्यालबाट मुसाा बन्न केको रहर लागेको होला । मेरो राजकुमारलाई आफ्नो गौरवमय इतिहास थाहा छैन कि क्या हो? बलिराजलाई राजा जक्ति सिंहले “तिमी जुम्लाको चिसो पानी खान्छौ” भनेर सोध्दा खान्छु भने । जक्ति सिंहले जुम्ला राज्य बलिराजलाई दान दिन ओज्दा बलिराजले विन्ति गरे, “महाराज म त ठकुरीको छोरा हुँ, राज्य भए पनि मैले त दान लिनै मिल्दैन।”पछिसोराज्यराजाजक्तिसिंहलेयोलेखककोपुर्खादेवबर्माजोइसीलाईदानमादिएरदेवबर्मालेजुम्लाकोमाटोसमातीबलिराजकोराज्याभिशेकगरिदिएरबलिराजजुम्लाकाजुम्लेश्वरभए।मेरोराजकुमारको रोदनले मेरो मुटु पोल्यो र चित्त दुख्यो । नानी संविधान ! बलिराजका सन्तान शोभान शाही सिँजा लामाथडामा २२ हजार झलारा शैनिक जम्मा गरी गोर्खाली शैन्यसँग दुई वर्षसम्म डटेर लडिरहे । अन्त्यमा उनी ल्हासामा शरण लिन भोटतर्फ लागे । उनको मृत्यु भोट खण्डकै इलाकाभित्र खोजरनाथदेखि माथितिरको ठाउँमा भयो । उनको राष्ट्रभक्तिको सम्मान गर्दै उनका सुवेक्षुकहरुले उनको लासलाई सुन पगाली जलाए । राजा पोलिएको ढुङ्गामा अहिले पनि सुनको जलप छदैछ भन्ने सिँजा उपत्यकातिर किंवदन्ति छ ।
फेरी वि.सं. १८४३ तिर गोर्खाली सेनाले जुम्ला छिनासिम (सुनार गाउँ, सुवर्ण ग्राम) मा आक्रमण्म गरी जुम्ली राजा (कल्याल) सूर्यभान शाहीलाई पक्राउ गरी काठमाडौं लगी राजबन्दि बनाइयो । उनको त्यहीँ मृत्यु भयो । उनका सन्तानहरु भागेर दाङ्ग देउखुरीतिर लागे । मुख्यमन्त्री पाएन भनेर रोदन गर्ने माथि उल्लेख गरिएका कुन चाँहि महाराजाका सन्तान हुन् पत्ता लगाउँन अझैं बाँकि छ । गुरुवर ! मलाई एउटा अत्यन्तै दुख लागेको कुरा के छ भने मेरी हजुरआमालाई कहिले सूर्यबहादुर थापासँग साकेला नाच र कहिले लोकेन्द्बहादुर चन्दसँग देउडा गाउन लगाइयो । नाच्दा मादले कमल थापालाई चुनियो । कहिले मेरो आमालाई ब्याइते काँग्रेसबाट ल्याइते एमाले हुँदै अन्त्यमा भारतीय लाहुरेसँग भागेर जान पर्ने बनाइयो, मेरो यो सबै अवस्था बनाउनमा गिरिजा बाबु, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, माधवकुमार नेपाल र महन्त ठाकुरको हात छ । यस्तो घटना घटाउनमा प्रचण्डको पनि प्रबल भूमिका रहेको छ । म पनि आजसम्म यिनैको पञ्जाबाट उम्किन सकेको छैन । म यिनीहरुकै कैदि बन्दि भएर दासी जीवन विताइरहेकी छु । मबाट अव आम मानिसको मुक्ति हुन सक्दैन । “मघरनघाटकोभएरबसेकीछु”गुरु।गुरु, हालसालै मैले एउटा खवर पनि सुनेको छु, भारतीय एक साम्यवादी नेता योगेन्द्र शर्माले भारतका मोदी हजुरबाले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन तानाबाना बुन्दैछन् । योगी आदित्यनाथले गोरखनाथ मन्दिरमा पूजाआजा गर्दैछन् रे । नेपालको सेना प्रमुखले सेना सरकारको नभएर जनताको हो भनिरहेका छन् । गुरुदेव अव मलाई फेरी राजदरवारमा लगेर बन्धक बनाएर बलात्कार त गरिदैन? नानी संविधान, चिन्ता नगर, बहुदल भनेकै जस्को जुठो भएपनि चोखो पार्ने एउटा भाँडो हो । यो टेलिभिजनमा प्रचार गरिने प्याकेट र प्याकेटभित्र राखेको “धारा शुद्ध तोरीको तेल” भने जस्तै हो । नानी मुटु बलियो गर, मुटु बलियो गर, नेपालमा चलेको चलनअनुसार चल । “जताजताबाहुनबाजेउतैउतैस्वाहा, त्यसैमा तिम्रो कल्याण छ । बालिके संविधान ।”
संविधान नानी ! नेपालमा बहुदल आएको पनि झण्डै चार दशक भइसक्यो । नेताहरुले नया नया भास्य खडा गरेर मानिसहरुलाई वरिपरि भुलाएकै छन्, भुलाएकै छन् । नेता जनताको वरिपरि घुम्नुपर्नेमा जनतालाई नेताले वरिपरि घुमाइरहेका छन् । यो झुट्टा आश्वासनको बाँध एकदिन फुट्छ र सबै बगाएर लाने त उत्तर प्रदेश, बिहार, बङ्गालको खाडि र उत्तराञ्चलतिर नै हो, “हामी सबैलाई चेतना भया” ।
हे नानी, संविधान! तिमी चिन्ता नलेउ, सबै नासिन देउ, सबै मासिन देउ, र पुनर्जन्म लेउ, र बिशाल खश सामज्यको निर्माण हुन देउ ।जसमा हालको नेपाल पनि यसैमा चिटिक्क परेकी सानिमा भएर समाहित होउन्। यहा नया नागराज, जितारी मल्ल, पुण्य मल्ल र सकुनमाला, धर्ममाला र दिपमाला जन्मनु आवश्यक छ जसले यो माटोको ऋण चुकाउन सकुन् । एउटा नागराजजस्तै दरिलो पैकेलो चाहिएको छ । नानी, यो देश हावाको भरमा चलेको छ । अर्थै नबुझी नारा बनाउँछन्, ’नारी‘ भन्ने नबुझी नारी दिवश, “महिला” भन्ने नबुझी महिला उन्मुक्ति, “स्त्री” भन्ने नबुझी स्त्री शक्ति, “लिङ्ग” भन्ने नबुझी लैङ्गिक समानता र लैङ्गिक हिंसा । आमालाई “आमा” शब्दको अर्थ नै थाहा छैन । अन्तर्राष्ट्रिय नारी दिवशको दिन मङ्गलगढीमा माथिका नाराहरु बोकेर हिड्ने दिदीबहिनीहरुसँग यो नाराको अर्थ सोध्दा कसैले पनि भन्न सकेनन् । यस्ता आधारभूत कुराहरुको जानकारी समेत नदिएर महिला दिदीबहिनीहरुको नाममा बर्षेनी अरवौँ खर्च गरिएको छ । यो महिलाहरुको नाममा गरिएको झुट र लुट हो ।
गूरुवर, तपाई भाग्यमानी हुनुहुन्छ, तपाईलाई लेख्ने र बोल्ने छुट छ । म त के गर्नु भर्खर नौ वर्षको भएँ, जस्तो मालिक आयो त्यस्तै आकार लिनुपर्छ, त्यस्तै तयार पारिएको भाष्य शान्तिकारी, क्रान्तिकारी, भन्तिकारी र सामन्तिकारी वर्वराउनुपर्छ । मेरो सम्रचना कार्य र अर्थ दासताको जीवनमा बाँच्न बाध्य पारिएको छ । गुरुदेव ! मलाई यति ज्ञान दिनुभएकोमा म सधैभरी तपाइप्रति आभार प्रकट गरिरहने छु ।
धन्यवाद नानी मैले एउटा महत्वपूर्ण कुरो त भन्न नै बिर्सिएछु । यस वृहद खसान क्षेत्रको उन्नतीको लागि ठकुरीहरुलाई बाहुनहरुले ठूलो सहयोग पुर्याएका थिए । अहिले ठकुरीहरु बाहुनबिरोधी देखिएका छन् । खसान क्षेत्रका दुइटा लाल, एक लाल राजनीतिमा र अर्को लाल प्राज्ञिक नीतिमा । दुवै लाललाई रोक्ने र छेक्ने काम ठकुरीहरुले नै गरे । त्यही बाहुनको पाप लागेर त होला उनीहरु सम्राट हुनुपर्नेमा तल्लो तहका बाहुन र क्षेत्रीहरुका द्वारपाल हुन पुगेका छन् ।
अन्त्यमा, धेरै चिन्ता नगर संविधान नानी, अवको जमाना अनुसार चल । तिमी ठूलो भयौ भने पुण्य मल्लजस्तै खस केटो (पैकेलो) खोजेर बिबाह गरिदिउँला । तिमी शकुनमाला र शोभानमाला भएर बसौली। एउटा वृहद खश राज्यको निर्माण गरी हामि सबै हासिखुसि बसौला ।
नानी तिम्रो हजुरआमा, आमा र तिमीलाई फनफनी आफ्नो स्वार्थको लागि घुमाएको देख्दा मलाई राती निद लाग्दैन, दिनमा भोक लाग्नुको साटो वाकवाक लाग्छ । तिमीलाई त तिम्रो रोगको उपचार गर्ने ठाउँ त थाहा रहेछ मलाई त मेरो रोगको उपचार गर्ने ठाउँ नै थाहा छैन। म त यो घरको घरमान्छे हुनुभन्दा बनतिर पसेर “बनमान्छे” हुँ हुँ जस्तो लागिरहेछ ।
!!सत्येमेव जयते !! जय नागराज ! जय अशोक चल्ल !! जय विशाल खसान!!!
लेखक देवकाेटा म.प. वि.वि. पूर्वउपकुलपति हुन्