पर्यटकको राेजाईमा धिमीचौर:वाह ! क्या स्वर्ग छ!

गाेल्डेन बुढा

जुम्ला,२७ असार।

जुम्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।जुम्लाको हरेक कुना-कन्दरामा सुन्दरता छ। हिमाल, विभिन्न पाटन र अग्लाे भाैगोलिक अवस्थामा प्रकृतिले जुम्लालाई सुन्दर वरदान नै दिएको छ। प्रकृतिले सुन्दरता थपेको मनोरम क्षेत्र हो।जुम्ला भन्नासाथ विकट, गरिबी, रोग, भोक र अशिक्षा सँगै आउँछ। भन्ने र बुझाउनेले पनि जुम्ला बाहिर पुगेर त्यस्तै बुझाए। तर, यथार्थमा त्यो छैन्।काेल्टे फेर्दै छ,जुम्ला। तर, यहाँको भू-बनोट र प्रचारप्रसारकाे कमीकमजोरीका कारणले मात्रै हो, जुम्लालाई भू-स्वर्ग भन्न पनि सकिन्छ। जुम्ला पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण जुम्लाको सुन्दरतालाई चिनाउन मात्रै सके सिंगाेकर्णालीलाई पाल्ने सामार्थ छ।´जुम्लामा पर्यटनको प्रचुर संभावना भएका दर्जनौं स्थान छन्। तर, अधिकांश ओझेलमा। यसको विकासका सँगै प्रचारप्रसार हुन सकेको छैन।

सरकारी उदासीनता र भौगोलिक जटिलताले हो।जुम्लाका सम्भावनाहरु सधैं ओझेलमा परेका छन्। त्यसैले सुनलाई सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ।त्यो मध्येको एक हो,जुम्लाको चन्दननाथ नगरपालिका-३ मा रहेको धिमीचौर पाटन। पछिल्ला केही समययता दिनहुँजसो आन्तरिक तथा बाहृय पर्यटकको नयाँ गन्तव्य बनिरहेको छ।पाटनभरि फूलेका फूलहरूको सुगन्ध लिनेदेखि अनगिन्ती मनोरम दृश्यले भरपुर यो ठाउँले पर्यटकको मन आनन्दित पार्छ। सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको पैदल र सवारीसाधन २५ मिनेटकाे यात्रामा पर्ने धिमीचौरमा अहिले निकै चहलपहल छ।धिमीचाैरमा एकपटक सोच्न बाध्य बनाउँछ । वाह ! क्या स्वर्ग छ । वारीपट्टी विशाल चेरेचौर, बीचमा कलकल बगिरहने घुघुत्ती खोला, नजिकै कर्णाली प्राविधिक शिक्षालय घना जंगलको बीचैमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर।आजभोलि त, धिमीचौरको अवलोकन गर्न जाने आन्तरिक तथा बाहृय पर्यटकहरु संख्या निकै बाक्लो देखिन्छ। सयौं बढी पुग्छन्।कतिपय दिउँसो घुमफिर गरेर साझपख खलंगा बजार र्झछन,त केही राति पाल थापेर धिमिचौरमै रमाइलो गरि बस्छन्।सयौँ थरिका फूल, दर्जनभन्दा बढि जडीबुटी, खर्सुलगायतका थरिथरिको प्रजातिका रूखहरू, धिमीचौरमा बस्दा लाग्छ, यो बेग्लै संसार हो।अझै साउन र भदौकाे महिनमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ ।शुक्रबार र शनिबार झन भिडभाड हुन्छ।विद्यार्थी,शिक्षकशिक्षिका,सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बढी जान्छन्। धिमीचाैरकाे बीचमा भैंसी गोठ र भेडी खर्कहरू छन् । घोडा, भेडा, भैंसी र भेडाबाख्राहरुको बथानले पनि फाँटको शोभा बढाएको पाइन्छ। रङ्गीचङ्गी फूलहरुले झन सुगन्ध दिने नै भैगो।उक्त दृश्यले झनै मन लोभ्याउँछ।

गोठालाहरूले खर्कमा काठको परम्परागत ठेकीमा बनाइकाे दूध, दही र नउनी ( कुराउनी)काे स्वाद झनै सम्झनायोग्य हुन्छ।स्थानीय सरकारले चासो दिने हो? भने चिसो हावापानी, फूलहरूको सुगन्ध, डाँडाकाँडाले घेरिएको धिमीचौर आयआर्जनको बलियो स्रोत बन्ने बताउँछन् नगरपालिकाबासी जयलाल बानियाँ।सडक जेनतेन पुगिसकेको छ।उनलेेभने,´यसकाे संरक्षण गर्न जरुरत छ।धिमीचौरको प्राकृति सुन्दरताले खिचिएर त्यहाँ पुग्ने आगन्तुकहरुलाई बासको भने निकै समस्या छ।

पर्यटकले खाएर फ्याँकेका समानहरू डम्पिङ गर्ने ठाउँ छैन्।शाैच गर्ने व्यवस्था छैन्। चाउचाउ,विस्कुट र पानी बाेतलहरु जथाभावी फालिरहेकाे बताउँछन् अर्का नगरबासी अमरबहादुर थापा यसले गर्दा सुन्दरता कुरुपता संगै प्रदूषण बढाएको छ।धेरै वर्ष पहिलेदेखि चन्दननाथ नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाउने भने पनि सुरूवात नै हुन सकिरहेको छैन्।

यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले धिमीचाैरलाई प्रमुख पर्यटकीयगन्तव्य स्थल बनाउने उदेश्यले आगामी आर्थिक वर्ष २०८२/०८३काे बार्षिक नितिमा समेटिएको बताउँछन्।अहिले जुम्ला खलंगादेखि रारा जाने र राराताल गएर फर्किने पर्यटकहरु पनि एकपटक धिमीचौर पुगेर फर्किन छन्। धिमीचौर पुग्नेहरूले बनाएर भिडियो,टिकटक तथा रिलहरूले धिमीचाैरलाई प्रचारप्रसारमा चिनाउन थपसहयोग पुगेकाे छ।उकालो लाग्दा र ओरालो झर्दा पर्यटकहरु र भैंसी तथा बाख्रा हेर्नेहरुले गाउने देउडा भाकाले कानलाई पनि उत्तिकै आनन्द दिन्छ।

पर्यटकको राेजाईमा धिमीचौर:वाह ! क्या स्वर्ग छ!

हात्तीको आक्रमणमा एक महिलाको मृत्यु, अर्को घाइते

पर्यटकको राेजाईमा धिमीचौर:वाह ! क्या स्वर्ग छ!

लुम्बिनी प्रदेशको बजेट खर्च ७२ प्रतिशत नाघ्यो,

Leave a comment

Your email address will not be published. Required fields are marked *