जुम्ला कारागारबाट ३६ कैदी फरार, जिल्लामा उच्च सुरक्षा सतर्कता

काली बहादुर परियार

जुम्ला,२५ भदौ।
जुम्ला । मंगलबार राति जुम्ला जिल्ला कारागारमा ठूलो घटना भएको छ। कारागारमा रहेका ३६ जना कैदी एकैपटक फरार भएका छन्। रातिको अँध्यारो र सुरक्षा व्यवस्थामा कमजोरीको मौका पारी कैदीहरू कारागारकाे मुल गेट फाेेडी
भागेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

जिल्ला कारागार कार्यालय जुम्लामा एक सय भन्दा बढी कैदी तथा बन्दीकाे समुह रहेकाे छ । मंगलबार रातीकाे समय पारी ३६ कैदी भागेकाे हुन् ।

घटना बाहिरिएसँगै सम्पूर्ण जिल्लामा नेपाली सेना द्वारा सुरक्षा सतर्कता उच्च गरिएको छ। प्रहरी र सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ–वस्तीमा खोजतलासी तीव्र बनाएका छन्।

स्थानीय बासिन्दालाई पनि सशंकित गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कारागारमा भएको कमजोरीबारे छानबिन सुरु गर्ने जनाएको छ। अहिले फरार कैदीको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।

जुम्ला कारागारबाट ३६ कैदी फरार, जिल्लामा उच्च सुरक्षा सतर्कता

“भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *