कर्णालीमा ११ बर्षको अवधीमा भिरबाट लडेर ४ सय ४० जनाको मृत्यु

सुर्खेत, २६ बैशाख ।
कालिकोटको पलाता गाउँपालिका–९ थिर्पुका १२ वर्षका विनोन बिटालको ज्यान घरनजिकैको छङ्गाछुर भिरले लियो । २०७९ को मंसिर ८ गते यहिँ भिरबाट लडेर उनले ज्यान गुमाए । घाँस काट्न गएका उनी घर फर्किन पाएनन् । ४५ वर्षकी उनकी आमा चिउरीलाई भिर नभएको भए मेरो छोरा सँगै हुने थियो लाग्छ ।

भिरहरु देख्दा उनलाई छोराको साह्रै याद आउछ । भिरले जिन्दगीभर दुः दिएको उनी सुनाउँछिन् । कर्णालीमा भीरले दुःख दिएकी चिउरी एक्ली हैनन् । उनी जस्तै सयौं मान्छेहरुलाई कर्णालीका भिरहरुले पिर दिएका छन् । यहाँ वर्षेनी भीरबाट लडेर मृत्यु र अंगभगका घट्ना दोहोरीरहन्छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्ला ११ वर्षमा आर्थिक वर्ष २०७१/०७२ देखी चालु आर्थिक वर्ष २०८१ ÷ ०८२ सम्म कर्णालीका दश जिल्लाका ४ सय ४० जनाको भिरबाट लडेर मृत्यु भएको छ । यो आर्थिक वर्षको असोज महिनासम्म भिरबाट लडेर कर्णालीमा ६ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ । यो अवधीमा सबै भन्दा बढी सल्यान जिल्लामा १ सय १७ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा भिरबाट लडेर कर्णालीमा ३७ जनाको मृत्यु भयो । आर्थिक वर्ष २०७२/०७३ मा ४८ जना , आर्थिक वर्ष २०७३/०७४ मा ४६ जना , आर्थिक वर्ष २०७४/०७५ मा ३२ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३४ जना , आर्थिक वर्ष २०७६/०७७ मा ३९ जना , अािर्थक वर्ष २०७७/०७८ मा ४५ जना ।

आर्थिक वर्ष २०७८/०७९ मा ४४ जना, आर्थिक वर्ष २०७९/०८० मा ४८ जनाको मृत्यु भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी ६१ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । भिरबाट ज्यान गुमाएका परिवारलाई ठूलो पिर छ । उनीहरु गाउ“कै साझबिहान जानपर्ने भिरले आफन्त लिदा पिरमा बाचिरहेका छन् । आफन्त गुमाएको भिरमा आफूहरु पनि जानुपर्ने बाध्यतामा उनीहरु छन् । अझै ठूलो समस्या भोगिरहेका छन् भीरबाट लडेर अंगभंग भएकाहरुले ।

दैलेखको नौमुले गाउ“पालिकाकी २५ वर्षकी तुल्सी रानालाई भिरले जिन्दगीभरको पिर दिएको छ । २०८० को पुस महिनामा उनी घरबाट १० मिनेट दुरीमा घा“स काट्न गएकी थिइन् । लडेर उनको मेरुदण्ड भाँचियो । जीवनभर अपांगता भएर बा“च्नुपर्दा उनलाई चिन्ताले सताउँछ । उनी भन्छिन् ,‘ काम नगरि खान नपुग्ने मान्छे हामी । कसरी घरव्यवहार गर्ने भन्ने चिन्ता छ । अर्कोतिर उपचार गराउ“दा आर्थिक समस्या थपिएको छ । जिन्दगी कसरी चलाउँला भन्ने चिन्ताले पिरोल्छ ।

तर प्रहरीसँग यस अवधिमा घाईते भएकाहरुको तथ्यांक छैन । यद्यपी आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८१/०८२ सम्म प्रहरीले राखेको घाईतेहरुको तथ्यांकअनुसार भीरबाट लडेर ५ वर्षको अविधमा १ सय ७५ जना घाईते भएका छन् । चार जना वेपत्ता छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा भीरबाट खसेर १५ जना घाइते भएका थिए । आव २०७८/०७९ मा ३७ जना घाइते भए भने २०७९/०८० मा ४६ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ७० जना घाइते भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भीरबाट मृत्यु र घाइते हुनेहरूमध्ये अधिकांश घा“स काट्ने वा घा“स काटेर फर्किने क्रममा भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा घा“स काट्न जादा , बाटोमा हिड्दा, गोठालो जाने क्रममा भिरबाट लडेर नागरिकको मृत्यु हुने गरेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा घाँस काट्ने क्रममा हुने गरेको छ । कर्णालीमा भिरपाखामा घाँस काट्न जानुपर्ने भएकोले धेरै जसोले घाँस काट्नै जादा ज्यान गुमाउने गरेका प्रहरीको भनाई छ । यो सँगै असहज भिरको बाटो र गोठालो जादा पनि अफ्ठेरो भूगोल भएकोले लडेर ज्यान गुमाउनपर्ने र घाइते हुनुपर्ने अवस्था छ ।

भीरबाट लडेकाहरु महंगो उपचार खर्च तिरेर पुनर्जीबन पाउ“छन् तर जीबनभर अपाङ्गता भएर बाँच्नुपर्दा निम्न आर्थिक स्तर भएकालाई थप समस्या छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा ढाड भाचिएका बिरामीका लागि सरकारले १ लाख रुपैयाँ दिने भएकाले भीरबाट लडेका अधिकांश बिरामी आउने गरेको हाडजोर्नी, नशा, वाथरोग विशेषज्ञ एवम् ट्रमा सर्जन शुभ श्रेष्ठ बताउछन् ।

उनका अनुसार हाडजोर्नी विभागमा अधिकांश बिरामी रुख तथा भीरबाट लडेर ढाड भाचिएर, खुट्टा तथा हात भाचिएका आउँछन् । दुर्गम जिल्लाका कृषक परिवारका व्यक्ति भीरबाट खसेर उपचारका लागि आउने गरेका उनले बताए । सुर्खेतमा रहेको साइनिङ अस्पतालमा खाने, बस्ने सेवा सुविधासहित ढाड भाचिएका बिरामीको निःशुल्क थेरापी हुने गरेको फिजियोथेरापिष्ट मनोज सिंह बताउ“छन् । हामीसँग निश्चित रकम हुन्छ, त्यही रकमबाट कति बिरामीलाई राख्न सक्छौ“ भन्ने आंकलन गरी बिरामी लिन्छौ“ ।

उनले भने, ‘हामी कहाँ स्पाइनल कर्ड इन्जुरी भएका बिरामीको थेरापी हुन्छ, न्युन आयस्तर भएका र केही स्थानीय तहमा हाम्रो प्रोजेक्ट पनि छ त्यसैबाट पनि निःशुल्क हुन्छ ।’ नेपालका सात प्रदेशमध्ये कर्णालीमा अपाङ्गताको संख्या सबैभन्दा धेरै छ । राष्ट्रिय जनगणना २०२१ अनुसार कर्णालीको कुल जनसंख्यामध्ये ३ दशमलव १ प्रतिशत जनसंख्यामा कुनै न कुनैको अपाङ्गता छ ।

कुल अपाङ्गता भएकामध्ये सबैभन्दा धेरै ४५ दशमलव ४ प्रतिशतमा शारिरीक अपाङ्गता रहेको जनगणनाको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये कति जना के कारणले अपाङ्गता भएको भन्ने तथ्यांङ्क नभएपनि भीरबाट लडेर अपाङ्गता हुनेको संख्या पनि यसैभित्र पर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश वकालत अधिकृत जितलाल ढकाल बताउँछन् ।

कालिकोटको रास्कोट नगरपालिकाकी १८ वर्षिया रमिता महतरा कृषक परिवारको छोरी हुन् । हरेक दिन जस्तै २०२३ नोभेम्बर २४ तारिखका दिन पनि आफ्नो भाउजुस“ग घाँस काट्न गएकी थिइन् । घरदेखि करिब ३ किलोमिटर टाढाको दूरीमा रहेको निजी वनमा घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भइन् । भीरबाट खसेर उनको सबैभन्दा गहिरो चोट खुट्टामा लागेको छ ।

रास्कोट अस्पतालमा पुर्याएकी उनलाई एक घण्टाभित्रै सुर्खेत रेफर गरियो । प्रदेश अस्पताल सुर्खेतको आइसीयूमा राखेको नौ दिनपछि मात्रै रमिता होसमा आइन् । महतराका दाइ कमानसिंहका अनुसार उनको घुँडाको नसा चुडिएपछि चितवन पुरयाएर घुँडाको नशाको अप्रेशन पनि गरियो ।

अहिले पनि उनकलाई फिजियोथेरापी गरिरहनपर्छ । भइरहेको छ । म भलिबल खेलाडी हुँ । उनले भनिन् , ‘मलाई पहिलेजस्तै खेल्न मन छ, तर कसरी खेल्नु ? अब जिन्दगी कसरी चलाउने भन्ने चिन्ता लाग्छ ।’ भीरबाट खसेपछि उनका सपनाहरु पनि त्यसैसँग खसेको उनी सुनाउँछिन् ।

लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सबै नागरिकको सामुहिक विपद् जोखिम बीमा गरेको छ तर भीरबाट लड्ने वा रुखबाट लड्नुलाई सरकारले बीमामा समेटेको छैन । बाढी, पहिरो, आगलागी, हिमपहिरोलगायत प्राकृतिक विपदबाट मृत्यु भएकाले बीमाबापत रकम पाउँछन् । तर रुखबाट खस्नु र भीरबाट खस्नु प्राकृतिक नभइ मानिस स्वयमले निम्त्याएको विपद् भएकाले यो बीमाभित्र नपर्ने गरेको आन्तरीक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

सरकारले सामुदायिक वनमा घा“स काट्न रोक लगाएका कारण किसानहरु भीर पाखामा जानुपर्ने बाध्यता आएको सल्यानका नागरिक अगुवा मणीचन्द्र कार्की बताउ“छन् । सामुदायिक वन कहिलेकसो मात्रै खुल्छ । उनले भने, ‘हामी टाढा टाढा वनमा जानैपर्ने हुन्छ घा“स काट्नका लागि, सामुदायिक वन मासिने गरी नकाट्न भनी केही मापदण्ड बनाउनुपर्योम तर घा“स दाउरा कुहिरै जाने गरी रोक त लगाउन भएन नि ।’

कालिकोटको रास्कोटका बाबुराम श्रेष्ठ हिमाली जिल्लातिर घाँसको बीउ वितरण गरेर पनि केही नहुने बताउँछन् । किसानले खेतीयोग्य जमिनमा घाँसको बीउ नछर्ने भन्ने उनले यतातिर सामुदायिक वन पनि भिरमै हुने तर्क गर्छन् । हामीले त जहाँ काटेपनि अधिकांश भीरमै घाँस काट्नुपर्छ । उनले भने, ‘सरकारलाई अब भिर हटाइदे भन्न भएन तर किसानलाई भीरको जोखिम मोल्न नपर्ने गरी आयआर्जनका कार्यक्रम ल्याउन आवश्यक छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *