नीति र बजेटमा खेलकुद शून्य, जुम्लामा युवाको ऊर्जा खेर

काली बहादुर परियार

जुम्ला,२३ साउन।

न मैदान छ, न बजेट; कसरी जन्मिन्छ राष्ट्रिय खेलाडी?” जुम्लाका युवाहरूको यो प्रश्न अहिले स्थानीय तह प्रति आक्रोशको रूपमा बदलिएको छ। स्थानीय सरकारले वर्षेनि विनियोजन गर्ने बजेटमा खेलकुद क्षेत्र लाई उपेक्षा राख्ने हुदा स्थानीय तहरू प्रति आक्राेशकाे रूप बदलिएको हाे ।

जुम्लाको खेलकुद क्षेत्र विकासको बाटोमा हिँड्नै नपाउँदै थलिएको छ । यसको प्रमुख कारण बनेका छन् । स्थानीय सरकारहरूको उदासीनता र खेलकुद प्रति देखिएको नैरसेता ।

जिल्लामा एक नगरपालिका र आठ वटा गाउँपालिका छन् । तर दुर्भाग्यवश, ती सबै स्थानीय तहले पछिल्ला कुनै पनि आर्थिक वर्षमा खेलकुदको लागि छुट्टै बजेट विनियोजन गरेका छैनन् ।

कागजमा नीतिहरू, व्यवहारमा शून्यता नेपालको संविधान र नीति कागजमा खेलकुदको महत्व पहिचान गर्छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात गर्ने भनाइ स्थानीय सरकार प्रमुखहरूले बारम्बार दोहोर्याए पनि कार्यान्वयनमा भने त्यो पूर्णतः खोक्रो सावित भएको छ।

जुम्लाका कतिपय खेलाडीहरू फुटबल, भलिबल, दौडजस्ता प्रतिस्पर्धामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका छन् । तर उनीहरूको संघर्ष भने सुनिन नसकिने छ । अभ्यासको ठाउँ छैन, सामग्री छैन, प्रशिक्षण छैन। प्रोत्साहन त झन सपना समान!

खेलाडीको रगत,पसिना स्थानीय सरकारका लागि न्युन

यस्तै एक स्थानीय खेलाडी भन्छन्, “हामी हिउँमा दौडेर अभ्यास गर्छौं, कहिलेकाहीँ त जुत्ता पनि पुरानो हुन्छ। तर गाउँपालिकामा हामीले खेलकुद कार्यक्रमको माग गर्दा भन्छन्, ‘यो वर्ष योजना परेको छैन।’ हामी के गरौँ?”

स्थानीय तहका योजनाहरूमा सडक, भवन, विद्युत्, खानेपानी प्रमुख प्राथमिकतामा पर्छन् । तर युवाहरूको आत्मबल बढाउने र देशलाई गौरव दिलाउने खेलकुदको नाममा न कार्यक्रम छ, न बजेट यस्ता खालका स्थानीय तहले खेलकुद क्षेत्रके बिकास कसरी हुन्छ ?

जिल्ला खेलकुद बिकास समिति जुम्लाका प्रमुख कबिदत्त न्याैपानेका अनुसार बजेटको लाइनमा कहिल्यै नपर्ने ‘खेलकुद’
पछिल्लो तीन आर्थिक वर्षको विवरण हेर्ने हो भने, कुनै पनि गाउँपालिका वा नगरपालिकाले खेलकुद क्षेत्रलाई ‘वर्गीकृत प्राथमिकता’ नदिएको गुनासाे गरे ।

उनले भने,”बाँडफाँडका बेला खेलकुदलाई ‘मनोरञ्जन’कै रूपमा राखिने गरिन्छ । जसको परिणाम स्वरूप त्यसका लागि न योजना बन्छ, न बजेट छुट्याइन्छ। स्थानीय सरकारकाे यस्ताे ब्यवहारले खेलकुद क्षेत्रमा हानी भएको कार्यालय प्रमुख न्याैपानेकाे भनाइ ।

उनका अनुसार, अन्य स्थानीय तहकाे तुलना गर्ने हाे भने, जुम्लाका स्थानीय तहले खेल क्षेत्र लाई उपेक्षामा राखेकाे देखे । जुम्लामा खेलकुदका गतिविधि भएन भन्छन् बजेट अभाव हुदा कसरी खेलकुद गतिविधि गर्न सकिन्छ ?

नत केन्द्र सरकार नत प्रदेश सरकार नत स्थानीय सरकार सबै बाट अपेहेलित भएको खेलकुद क्षेत्र । बजेट अभावका कारणले जिल्लामा रहेका खेलाडीका लागि कुनै काम गर्न नसकिएको कार्यालय प्रमुख न्याैपानेकाे गुनासाे रहेकाे छ ।

उनले भने,” खेलकुद मात्र खेल होइन, समाज रुपान्तरणको माध्यम हो। युवा भोलिका नेतृत्वकर्ता हुन्, र तिनको उर्जा सही दिशामा प्रयोग गर्न खेलकुद सशक्त माध्यम हुन सक्छ ।स्थानीय सरकारहरू जागरूक नभएसम्म जुम्लाको खेलकुद सधैं ‘अवसर गुमाउँदै’ अगाडि बढ्न नसक्ने अवस्थामा सीमित हुने उनकाे भनाइ छ ।

जुम्लाका युवाहरू भन्छन् , “हामी खेल्न चाहन्छौं, जित्न चाहन्छौं, तर हाम्रो संघर्षलाई साथ दिने सरकार चाहिन्छ।” के स्थानीय सरकारहरू खेलकुदको मैदानमा पनि गोल गर्ने तयारीमा छन्, वा उनीहरू अझै सिटिभर सुतिरहेका छन्?

नीति र बजेटमा खेलकुद शून्य, जुम्लामा युवाको ऊर्जा खेर

जुम्लाका १९ वडा प्रकाेपकाे उच्च जाेखिममा:मनसुुन तथा

नीति र बजेटमा खेलकुद शून्य, जुम्लामा युवाको ऊर्जा खेर

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds