जुम्लाका १९ वडा प्रकाेपकाे उच्च जाेखिममा:मनसुुन तथा पुर्वतयारी प्रतिकार्य कार्ययोजना तयार

गाेल्डेन बुढा
जुम्ला,२२ साउन।
जुम्लाका १९ वटा वडाहरु प्रकाेपकाे उच्च जाेखिममा छन्।६० वडामध्ये १९ वडाहरु प्रकाेपकाे उच्च जाेखिममा रहेका हुन्।जुम्लाको चन्दननाथ नगरपालिका भित्रका १,२,३,४ र ७ वडा छन्।यस्तै तिला गाउँपालिकाका,१,२,३ र ४ उच्च जाेखिममा देखिएका छन्।तातोपानी गाउँपालिकाभित्र १,२,३,४,५ र ६ उच्च जोखिम छन्।जिल्ला प्रशासन कार्यालय जुम्लाले दिएको तथ्यांक अनुसार,कनकासुन्दरी गाउँपालिकाकाे -६ वडा पनि प्रकाेपकाे उच्च जाेखिममा छ।यसैगरी गुठिचाैर गाउँपालिकाका १,२ र ३ वटा वडा रहेका छन्।बाढी तथा नदि कटान,पहिरो,हावाहुरी र चट्याङ जस्ता प्रकाेपकाे उच्च जाेखिम देखा परेका छन्।
जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालेका अनुसार ३४ वटा वडा प्रकाेपकाे मध्यम जाखिममा छन्। तिला गाउँपालिकाका,५,६,७,८ र ९ वटा छन्।सिंजाका १,२,३,४ र ५ तातोपानीभित्रका,७ र८ वटा,कनकासुन्दरी गाउँपालिकाका १,२,३,४,५ र ७ वडा र गुठिचाैरका ४ र ५ वडा पातारासीका १,२,३,४,५,६ र ७ वटा र हिमा गाउँपालिकाका १,२,३,४,५ र ६ वटा वडाहरु प्रकाेपकाे मध्यम जाेखिममा रहेको तथ्यांकले देखाएको छ। यस्तै हावाहुरी र पहिराे प्रकाेपकाे समान्य जाेखिममा जुम्लाको चन्दननाथ नगरपालिका भित्र चार वटा वडा छन्।जसमध्ये नगरभित्रका ५,६,७ र १० वडा हुन्। कुनै पनि प्रकाेपकाे उच्च जाेखिममा नदेखिएका तीन वडा छन्। जसमा सिंजकाे -६ हिमाकाे ७ र नगरपालिकाकाे ९ नम्बर वडा छन्। जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्।
यस्तै जुम्लामा मनसुुन तथा पुर्वतयारी प्रतिकार्य कार्ययोजना २०८२ तयार गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमाेदनबाट लागु गरिएको प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताए।उच्च स्तरको बाढी र पहिरोको पूर्वतयारी तथा प्रतिकार्यका लागि उपलब्ध श्रोत र साधनहरुको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिवाट गरिने प्रतिकार्यलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने यस योजनाको मुख्य उद्देश्य छ।वि.सं. २०८२ सालको मौसम पूर्वानुमानका आधारमा सम्भावित जोखिम आँकलन गर्ने,विगतका विपद्को घटना र प्रभावका तथ्याङ्क विश्लेषण गरी विपद्को सम्भावित जोखिम, प्रभावित क्षेत्र तथा समुदायको आँकलन तथा पहिचान गर्ने,जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको पहिचान गरी विपद् व्यवस्थापनको लागि स्रोत साधन एवम् सामुदायिक क्षमताको नक्सांकन गर्ने,विपद् पूर्वतयारी तथा प्रतिकार्यका कार्यहरुमा विभिन्न विषयगत क्षेत्रका निकायहरुको भुमिका तथा जिम्मेवारी प्रष्ट पार्ने,योजनाबद्ध ढङ्गबाट विपद् प्रभावितहरुलाई तत्काल खोज, उद्धार तथा आपत्कालीन राहत उपलब्ध गराई सम्भावित मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरण गर्ने,बाढी तथा पहिरो प्रभावितहरूलाई मानवीय सहायताका आधारमा उद्धार गर्नु र सो क्रममा विशेषगरी महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवती महिलाहरुलाई प्राथमिकता दिएर उद्धार गरी जीवन बचाउने र यो दस्तावेजले विपद् प्रतिकार्यमा प्रष्ट भई कार्य गर्न सहयोग गर्नेछ ।
विपद् जोखिम तथ्यांकका आधारमा यसवर्ष हुनसक्ने सम्भावित जोखिम आँकलन गर्न प्रतिकार्य योजना तयार गरिएको हो ।जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नयाँ मनसुुनजन्य विपद् प्रतिकार्य योजना तयार भई कार्यान्वयनमा आएकाे बताए।प्रतिकार्य योजनामा प्रकोपमा हावाहुरी, अविरल वर्षा, बाढी र पहिरोलाई उल्लेख गरिएको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना निर्माण २०८२ वैशाख २८ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय योजना निर्माणको काम सुरुभएको थियोे।योजना निर्माणको क्रममा नेपालको संविधान, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन (संशोधन २०७५), विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८-२०३०, राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचा २०७० (प्रथम संशोधन २०७५) लगायत विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसँग सम्बन्धित कानून, नीति तथा योजनालाई आधार मानिएको छ।
जल तथा मौसम विज्ञान विभागले, वि. सं. २०८२ को मनसुनबाट प्रभावित हुनसक्ने जनसख्याको अनुमान र स्थानीय तह तथा सुरक्षा निकायहरुबाट प्राप्त भएको अनुमानलाई समेत यस कार्ययोजना निर्माणको मुख्य आधार मानिएको छ ।जिल्लाको भौगोलिक तथा हावापानीको अवस्था, विभिन्न क्षेत्रहरुमा मापदण्ड विपरित गरिएका नदि उत्खननका कार्यहरु, वातावरण प्रभाव मूल्यांकन बिना गरिएका विकास निर्माणका कार्यहरुले गर्दा जुम्ला जिल्ला मनसुन जन्य विपद्को दृष्टिकोणले निकै संवेदनशील रहेको छ ।जुम्लामा खोलानालाहरु हिमा, तिला, जवा, गिरी खोला भेरी खोला र जुगाड खोला मुख्य छन् । वर्षायाममा यी नदीहरुबाट आएको बाढीले गर्दा तटीय क्षेत्रमा रहेका वस्ती, कृषियोग्य जमिन कटान गरी जनधनको ठूलो क्षति हुन सक्ने देखिन्छ ।मनसुनजन्य प्रकोपबाट सबैलाई सजग र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।






