बर्दियामा स्क्रबटाइफसको बढ्दो संकट : नवजात शिशुमा समेत संक्रमण, एक सातामा २० जना संक्रमित

 २२, साउन २०८२
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–१ की कल्पना चौधरीकी नवजात शिशुमा अचानक उच्च ज्वरो आयो। दिसा–पिसाव गर्दा रुन थालिन्। तत्कालै शिशुलाई सदरमुकाम गुलरियास्थित बर्दिया अस्पताल लगियो। प्रारम्भिक लक्षणका आधारमा गरिएको परीक्षणले शिशुमा स्क्रबटाइफस पुष्टि गर्‍यो।

कल्पनाको शिशु मात्र होइन, बर्दिया अस्पतालमा हालसम्म १५ जना नवजात शिशुमा स्क्रबटाइफस संक्रमण देखिएको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथप्रसाद साहका अनुसार अहिले पनि १३ नवजात शिशुको उपचार जारी छ।

नवजात शिशुमा लगातार ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेजस्ता लक्षण देखिएपछि अभिभावक अस्पताल आउने गरेका छन्। परीक्षण गर्दा प्रायःमा स्क्रबटाइफस पुष्टि हुने गरेको छ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये महिला, पुरुषदेखि बालबालिका सबै उमेर समूहका छन्।

गुलरिया अस्पतालमा दिनहुँ २५० भन्दा बढी बिरामी उपचारका लागि आउँछन्। ज्वरो, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने स्क्रबटाइफसका सामान्य लक्षण हुन्। यस्ता लक्षण देखिएमा ढिलो नगरी अस्पताल जान चिकित्सकको सुझाव छ।

चिकित्सकहरूका अनुसार स्क्रबटाइफस पराल, झारपात वा वनजंगलमा पाइने भुसुना किराले टोकेपछि सर्ने गर्छ। भुसनाले टोकेको केही दिनभित्र बिरामीमा लक्षण देखिन थाल्छ। नवजात शिशुमा यो रोग देखिनुको मुख्य कारण घरपरिवार र वरपरको सरसफाइ कमजोर हुनु हो।
बर्दियामा स्क्रबटाइफसको संक्रमण बालबालिका र नवजात शिशुमा समेत देखिनु गम्भीर संकेत हो। स्थानीय तह, स्वास्थ्य संस्थाहरू र आम नागरिकबीच सचेतना र सरसफाइबारे व्यापक अभियान सञ्चालन आवश्यक देखिन्छ।

 

बर्दियामा स्क्रबटाइफसको बढ्दो संकट : नवजात शिशुमा समेत संक्रमण, एक सातामा २० जना संक्रमित

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल

बर्दियामा स्क्रबटाइफसको बढ्दो संकट : नवजात शिशुमा समेत संक्रमण, एक सातामा २० जना संक्रमित

जुम्लाका १९ वडा प्रकाेपकाे उच्च जाेखिममा:मनसुुन तथा

Leave a comment

Your email address will not be published. Required fields are marked *