धिमे बाजा संरक्षणमा जुटे जुम्लाका नेवार समुदायका युवा

जुम्ला, २४ वैशाख ।
जुम्लाको नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ।नेवार समुदायका युवालाई वाद्यवादनसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको नेवा देय् दवु जुम्लाका अध्यक्ष नवराज श्रेष्ठले बताए‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ,’ उनले भने।

जुम्लाको चन्दननाथ नगरपालिका(५ बजारका संस्कार श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन व्यस्त छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न हुनुपरेको उनको विगतको अनुभव छ।तर, अहिले उनी खुसी छन्।

उक्त वडाकी नेवाश्री श्रेष्ठको पनि आफ्नो समुदायको पौराणिक धिमे, मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केही हप्तामा नै सहज लाग्न थालेको अनुभव छ।‘आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिए । तर, अहिले मलाई नै यी बाजा बजाउन आउँछ,’ उनले भने। यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि स्थानीय प्यारोल श्रेष्ठले आफैँ अग्रसर भएर यो बाजा बजाउन सिकेको बताए। फुर्सत खाली समयलाई आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको उनको उनी बताउँछिन्।

‘अब नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएकी छु”, श्रेष्ठले भनिन्। आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी संस्कार,प्यारोल, र नेवाश्री लगायत ३० जनाले यो बाजा बजाउन सिकेका छन्। सुरु–सुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले बजाउँदा आनन्द आउने गरेको उनीहरु बताउँछन्। नेवा देय् दवु जुम्लाले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको एक महिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिकेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका जुम्लाको आर्थिक सहयोग नेवा देय दवु जुम्लाको आयोजनामा तालिम गरिएको थियोे। जुम्लामा पहिलोपटक सीप सिकाउने अवसर मिलेको हो।नगरपालिकाले ५ लाख रकम विनियोजन गरेको थियोे।पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि सरकारी निकायबाट सहयोग नपाइएको अध्यक्ष श्रेष्ठले बताए।‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ।

उनले भने,‘नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ,’ उनले भने, ‘अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ।’एक पुस्ताबाट अर्का पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ।

‘युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुने अवस्था थियो,अहिले धेरै राम्रो काम भएको छ,’ उनले भने, ‘युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा यो उत्साह सराहनीय छ।’जुम्लाको सदरमुकाम खलंगामा नेवार समुदायको ६८ घरधुरी छ।झखासगरी धिमे, मादल र झ्याली पहिले पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो ।

तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको तथा नेवा देय् दवुका राष्ट्रिय प्रशिक्षक तथा नेवा लमु दवुको भातृसंगठन ९राष्ट्रिय युवा संघ०का केन्द्रीय अध्यक्ष सुदनमान मुनिकार श्रेष्ठले बताए।नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ।

यता चन्दननाथ नगरपालिका जुम्लाका मेयर प्रमुख राजुसिंह कठायतले जुम्लामा नेवारी समुदायको संस्कृति जोगानका लागि नगरपालिका सँधै तत्फर रहेको बताए । उनले भने, ू नेवारी समुदायको बाजा र नाच हेर्दा अत्यन्तै खुसि लागेको बताए । उनका अनुसार, यो बाजा र नाच लाई जुम्लामा हुने विभिन्न कार्यक्रममा देखाउन अनुरोध गरे ।

धिमे बाजा संरक्षणमा जुटे जुम्लाका नेवार समुदायका युवा

सम्पादकीय : विवाद सुल्झने आश

Leave a comment

Your email address will not be published. Required fields are marked *