गाउँमै सेनाको स्वास्थ्य शिविर पाँच सय बढी लाभान्वित

जुम्ला, २४ बैशाख ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ दाँतेओखर गाउँका धर्मे सार्की विगत लामो समयदेखि घाँटीको समस्याबाट ग्रसित थिए। उपचार गर्न गाउँदेखि कि सदरमुकाम खलंगामा जानुप्रथ्यो। वा सुर्खेत,नेपालगन्ज झर्नु प्रथ्यो।

गाउँदेखि बजार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आउजाउ गर्न करिब ३र४ घण्टा गाडीमा यात्रा गर्नुपर्छ। न्युनतम ५ हजार रुपैयाँ भन्दामाथि खर्च हुन्छ।भने सुर्खेत,नेपालगन्ज पुग्न हप्तौंदिन लाग्छ। तल्लोस्तर १० देखि १५ हजार रुपैयाँ खर्च लाग्छ।आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने सार्कीलाई गाउँमै सञ्चालन गरिएको निस्शुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ।

शिविरमा नं।२४ गुल्मका डाक्टर र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सक सहितको मेडिकल टोली गाउँमै पुगेपछि धर्मेलाई सदरमुकाम खलंगा,सुर्खेत र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो। “लामो समयदेखि मलाई घाँटीको समस्या छ”, ८५ वर्षीय धर्मेले भने,“गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज,सस्तो,सुलभ स्वास्थ्य सेवा लिन पाएँ ।

यस्ता स्वास्थ्य शिविर नियमित रुपमा गाउँमा सञ्चालन हुनुपर्छ।” धर्मे मात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएपछि उक्त गाउँपालिका-५ लुड्कु गाउँकी ७२ वर्षकी जयलक्ष्मी उपाध्यायले खुसी व्यक्त गरिन्।

उनले भनिन्,“अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ, तर,स्त्रीरोगको उपचारका लागि बाहिर सदरमुकाम,सुर्खेत,नेपालगन्ज र काठमाडौ जानुपर्ने बाध्यता छ, गाउँमै जाँच गर्न पाएपछि खुसी छु,।” यस्तै अर्की सोही वडाकै ५० वर्षकी जौकला कामीलाई पेटसम्बन्धिको समस्याले पिरोलिरहन्छ ।

विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उनलाई गाउँमै विकासभएको महसुस गरिन्।“म पेटको बिरामी छु, उपचार गर्न ठुलो अस्पतालमा जानुपथ्र्यो । तर,यो पटक गाउँमै उपचार पाइएको छ ।” शिविरमा स्त्रीरोग,नाक, घाँटी,दन्तरोग, कान अन्य ओपिडी सेवा सम्बन्धी रोगको उपचार गरिएको थियो ।निस्शुल्क स्वास्थ्य शिविरबाट पाँच सय ५६ जना लाभान्वित भएका छन्।

जसमध्ये महिला ३ सय १९ जना, पुरूष १ सय ८४ जना र बालबालिका ५३ जना लाभान्वित भएको देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जनाए।स्वास्थ्य शिविरले नागरिक, सैनिक सम्बन्ध सुमधुर हुने गणपति थापा बताउँछन्।‘सहरमा स्वास्थ्य सेवाको पहुँच सहज छ। तर,गाउँ (बस्तीमा अहिलेसम्म सहज उपचार नपाउँदा रोग थन्क्याएर बस्नु परेको अवस्था छ,’ गणपति थापाले भने, ‘उनीहरुको स्वास्थ्य जाँचको लागि यो शिविर चलाइएको हो ।’शिविरमा बिरामीलाई निस्शुल्क उपचारसँगै आवश्यक परामर्श र औषधि समेत वितरण गरिएको थियो।

कनकासुन्दरी गाउँपालिका(६ मा अवस्थित गोरुचौर आधारभूत विद्यालयमा पहिलोपटक गरिएको शिविरबाट सेवा लिन पाएपछि स्थानीय हर्षित भएका हुन्।नेपाली सेनाको आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कनकासुन्दरी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको स्थानीय दिपेन्द्रप्रसाद उपाध्यायले बताए।

शिविरमा दुर्गम क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिका लगायत तातोपानी र तिला गाउँपालिकाका बिरामीको उपचार गरिएको छ।भने,छिमेकी जिल्ला कालिकोट र मुगुका बिरामी स्वास्थ्य उपचार गर्न आएका थिए।’यता कनकासुन्दरी गाँउपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गरे।निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको छ।

उनलाई भने,झसेनाले चलाएको स्वास्थ्य शिविरले ग्रामीण बस्तीका नागरिकले उपचार सेवा पाए।झअहिले पनि नागरिकले सहरका महँगो उपचार सेवा पाइरहेका छैनन्।‘यो स्वास्थ्य शिविरबाट निकै राहत मिलेको छ।’ गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्य, नेपाली सेनाका नं। २४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी लोकेश केसी, देविदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापा मेजर रामेश्वर कार्की रनवराज सुवेदीले शिविरको अवलोकन गरेका थिए।

क्याप्सनस् नेपाली सेनाको शिविरबाट स्वास्थ्य चेकजाँच गर्दै बिरामीको तस्बिर गोल्डेन बुढा

गाउँमै सेनाको स्वास्थ्य शिविर पाँच सय बढी लाभान्वित

बसको ठक्करबाट ढकेरीमा एक युवकको मृत्युु  

Leave a comment

Your email address will not be published. Required fields are marked *