बसको ठक्करबाट ढकेरीमा एक युवकको मृत्युु

बाँके २४, बैशाख
बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका–१ कुसुमको सौरीमा बुधबार भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कुसुम सौरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तिसोनारी–९ ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार कुसुमस्थित प्रहरी कार्यालयले दुर्घटनापछि तत्काल उद्धार प्रयास गरे पनि सुवेदीको ज्यान जोगाउन नसकिएको जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ।






