चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकलाई

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ४ दिनसम्म जारी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उपाधि प्रभाकर माध्यमिक विद्यालयले चुमेको छ ।१४ स्वर्ण १३ रजत ४ कास्यसहित प्रभाकर माध्यमिक विद्यालय पहिलो भएको हो ।
यो उपाधी पाएकोे विद्यालयले तेस्रो पटक हो । त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले १० स्वर्ण, ५ कास्य ९ रजतसहित दोस्रो हुँदै उपविजेता बनेको छ ।
त्यस्तै, ३ स्वर्ण १ रजत २ कास्यसहित कृष्ण माध्यमिक विद्यालय लेखसँग्रही तेस्रो विजेता बनेको छ । सिद्धेश्वरि माध्यमिक विद्यालय १ स्वर्ण २ रजत १ कास्य, महेन्द्र माध्यमिक विद्यालय आँपचौर १ स्वर्ण १ रजत २ कास्य, प्रतिभा माध्यमिक विद्यालय जयतपानी १ स्वर्ण, मुक्ति माध्यमिक विद्यालय ५ रजत ३ स्वर्ण, श्री लंङ्ग ग्रिन बोर्डिङ स्कुल ३ रजत ३ कास्य, कृष्ण बोर्डिङ स्कुल ५ कास्य, नवजोति माध्यमिक विद्यालय २ कास्य उपाधी जितेको छ ।
तेस्रो पटक समेत प्रभाकर माध्यमिक विद्यालयले पालिकास्तरीय शिल्ड हात पारेको छ ।






