चटपटे बेचेर छोरीलाई इन्जिनियरिङ पठाउँदै कमला

जुम्लाको चन्दननाथ नगरपालिका–८ जातीभीड गाउँकी कमला बुढा (थापा) एकल महिला हुन् । श्रीमान् गुमाएको तीन वर्ष भयो । श्रीमान निधनपछि एक छोरी पढाउने जिम्मेवारी उनको काँधमा आयो । ४४ वर्षीया उमेरमा एकल बनेकी उनले केही वर्ष घरायसी काममा बिताइन् । श्रीमान सुगर र प्रेसर रोगी थिए । घरको कृषि कार्यमा लागेकी उनलाई तेल, लत्ताकपडा, साबुन, चामल र छोरीको पढाइ खर्च चलाउन निकै समस्या भयो ।
हातमा पैंसा नहुँदा सानातिना समस्याले पटक–पटक आँखामा आँसु रसाएको उनी सम्झन्छिन् । उनी शारीरिक हिसाबले उनी अरुभन्दा फरक छन् । उनको जन्मजातदेखि दाहिने खुट्टामा समस्या छ । भारी बोक्न, ठुलो काम गर्न लामो यात्रा गर्न उनी सक्दिनन् ।

‘ढुँगा, गिटुटी, माटो र बालुवासँगको दैनिक संघर्ष गर्न सकिदैन् भनेर यो कार्य सजिलो लाग्यौं,’ कमला भन्छिन्,‘केही वर्षसम्म त आयस्रोत नभएपछि आर्थिक संकटले घरखर्च चलाउन ग्राहो भयो ।’

तिन वर्षअघिबाट उनले जुम्लाको सदरमुकाम खलंगामा चटपटे सुरु गरिन् । अहिले उनलाई आम्दानीको बलियो आधार बनेको छ । कमलाले चन्दननाथ नगरपालिका–४ मा पर्ने नेपाली सेनाको खेलमैदान टुडिखेलको तल्लो गेटको कुनामा चटपटे बेच्दै आएका छिन् । उनको पढ्ने धोको थियो । ‘गरिबी र घरायसी समस्याले ५ कक्षामा छाड्नुपर्‍यो । आफूले अवसर प्राप्त नगरे पनि सन्तानले आर्थिक अभावले पढाइ नछाडून् भनेर चटपटे व्यापार गरे,’ उनले भनिन् ।

चटपटे, पानीपुरी बेचेर अहिले छोरीलाई काठमाडौंमा इन्जिनियरिङ पढाउँदै छिन् । २२ वर्षकी छोरी सृजना थापा काठमाडौंमा अवस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा डिप्लोमा चौथो वर्षमा अध्ययनरत छिन् । ‘घरको परिस्थितिले मैले पढ्न नपाए पनि छोरीले त्यस्तो बेहोर्न नपरोस् भनेर सडकको कुनामा चटपटे, पानीपुरीको व्यापार गरें,’ कमलाले सुनाइन्,‘ ‘छोरीका लागि वार्षिक एक लाख ५० हजार खर्च लाग्छ ।’

चटपटे र पानीपुरी ५० रुपैयाँ प्लेटमा प्रतिदिन एक हजार पाँच सय रुपैयाँको व्यापार हुने गरेको त्यसमध्ये मासिक १६ हजार बचत हुने गरेको उनको भनाई छ ।

कमलाको घरायसी खर्चसमेत जोड्दा मासिक करिब दुई लाख बढी रुपैयाँ खर्च हुन्छ । त्यो खर्च अहिले पनि यहीँ व्यापारबाट जुटाउने गरेकी उनले बताइन् ।

कमलाको हातले फिटेको चटपटे स्वादिलो हुने स्थानीय बताउँछन् । देब्रे हातले पिलेट समाएर दाहिने हातले स्वादले चटपटे खाँदै गरेकी जुम्लाको तातोपानी –२ डागीबाडा गाउँकी निर्मला कटुवालले चटपटेमा स्वाद एकदमै मिठो भएको बताईन् । भोक मिठो कि भोजन भन्ने जिज्ञासामा कटुवालले कमलाले बनाएको चटपटेको भोजनै मिठो भएको बताईन् ।

‘शुरु शुरुमा त, चटपटे बनाएर बेच्दा लाजले भुतुकै हुन्थे’, कमलाले भनिन, ‘अहिले त एक दिन चटपटे बेच्न आईन घरै बस्नुपर्यो, भने दिन बिताउन सक्दिन ।’

चटपटेका पारखीले कमलाले हातले बनाएको चटपटे र पानीपुरी स्वादिलो हुने गरेको अर्की रमा रावतले बताइन् । ‘धेरै पैसा खर्चेर बिदेश जानु अनि जोखिम मोलेर काम गर्नु र फरक क्षमता भएकाहरूले केही गर्न सक्दैनन् भन्नेछ,’ उनले भनिन्,‘खाली अरुको साहारामा बाच्छन भन्ने भ्रम अन्त्य गरेको छ ।’

थोरै लगानीमा पनि आफ्नै गाँउठाउँमा व्यापारबाट मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण सबैले सिके राम्रो हुने रावतको भनाई छ ।

चटपटे बेचेर छोरीलाई इन्जिनियरिङ पठाउँदै कमला

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकलाई

चटपटे बेचेर छोरीलाई इन्जिनियरिङ पठाउँदै कमला

भेरी नदीमा खसेर दुुई जना बेपत्ता