जुम्लाबाट सुर्खेत जादै गरेको गाडी दुर्घटना :एक जना गम्भीर घाइते

गाेल्डेन बुढा

जुम्ला,१९ साउन।
जुम्लाबाट सुर्खेत जादै गरेको जीप दुर्घटना परेको छ । सो गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले गाडि दुर्घटनामा परेको बताइन् ।उनले गाडि ५ पटक कर्णाली राजमार्ग सड्क तल पल्टिएर दुर्घटना भएको छ । उनका अनुसार मानवीय क्षेति नभएको र बाचिएको बताए। उनले हेलिकोप्टरले उद्दार गरेर सुर्खेतको बाबियाचौरमा लिएको र उड्ने तयारी भईरहेको बताउँछिन्।

यता जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार विहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङ गम्भिर घाईते हुनु भएको छ ।

प्रहरीका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते हुनु भएको छ । यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनुभएका रुवी थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर हुनुहुन्छ ।

जुम्लाबाट सुर्खेत जादै गरेको गाडी दुर्घटना :एक जना गम्भीर घाइते

गगनेखोलामा लेदोसहितको पहिरो कर्णाली राजमार्ग अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *