जात्राअवधिभर मदिरा बेचबिखनमा प्रतिबन्ध गर्ने जुम्ला प्रशासनकाे निर्णय

गाेल्डेन बुढा

जुम्ला,१९ साउन।

जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा प्रतिबन्ध गरिएको छ। नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरेर जुम्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो।साेमबार जिल्ला प्रशासनमा बसेकाे जात्रा व्यवस्थापन समिति, स्थानीय प्रशासन,सरोकारवाला निकाय तथा नागरिक समाजबीच समन्वय बैठकले यस्तो निर्णय गरेको हो।यस्तै खलङ्गा खानेपानी उपभोक्ता समिति तथा उद्योग वाणिज्य संघ जुम्लाले खानेपानीको आपूर्ति सुनिश्चित गर्नेछ।त्यस्तै जात्रा अवधिभर खलंगा खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचार सेवाको व्यवस्थाका लागि जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा जिम्मेवारी लिनेछन्।यस्तै ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मा जिल्ला प्रहरी कार्यालय जुम्लालाई दिइएको छ।भने,विद्युत आपूर्तिको सुचारु व्यवस्थापन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले गर्ने भएको छ।निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न विषयगत कार्यालय, नागरिक समाज र स्थानीय तह समेतको सहभागिता रहने अनुगमन तथा सहजीकरण समिति गठन गरिनेछ। स्वयंसेवक परिचालनका लागि एन.सि.सि. अल्मुनाई र नेपाल स्काउटलाई सक्रिय बनाइने छ।शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकायहरूबीच समन्वय गरिनेछ।

आपतकालीन अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग तय गरेर मात्र जात्रा सञ्चालन गरिनेछ।सर्वसाधारणसँग जबरजस्ती रकम माग गर्ने कार्य निषेध गरिनेछ।नगरपालिकाबाट जात्रा हुने स्थानहरूमा सि.सि. क्यामेरा जडान गरिनेछ।बालबालिका, अशक्त र जेष्ठ नागरिकलाई जात्रा अवलोकनमा प्राथमिकता दिइनेछ।एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सबै सवारी साधनको प्रवेश पूर्णरूपमा निषेध गरिनेछ र जात्रा व्यवस्थापन समितिले सम्पूर्ण कार्यतालिका जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्नेछ। जात्रा, ‘यही साउन २५ गतेबाट विधिवरुपमा सुरु हुनेछ । प्रमुख जिल्ला अधिकारी शर्माले संस्कृतिक बचाउने नाममा गरिने विकृत हटाएर समाजमा सचेतना मूलक सन्देश दिन जरुरी रहेको बताए। यो जात्रामा समाजमा रहेका बिसंगति विकृति हटाउन सबै सचेत हुनुपर्ने बताउँछन्।

वि.सं. १९५३ मा कृष्णवीर श्रेष्ठको पालादेखि पल्टन जात्रा मनाउन थालिएको स्थानीय चित्रलाल श्रेष्ठ बताउँछन्।जात्राको पहिलो दिन गाईजात्रा निकालिन्छ।‘जात्रा ८ दिनसम्म चल्छ।’ जात्रा पहिलो दिन गाईजात्रा, दोश्रो दिन रोपाइँ जात्रा, तेस्रो दिन सानो पल्टन मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा देखाइने चलन छ। जात्रामा हुड्के नाचदेखि मिमबास्सा र पल्टन जात्रासम्म एकसाथ प्रदर्शन गरिएको थियो ।जात्रामा कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट हेर्न आउने गरेका छन्। यो जात्रालाई कर्णालीको धार्मिक पर्यटनका रुपमा हेरिएको छ।

जात्राअवधिभर मदिरा बेचबिखनमा प्रतिबन्ध गर्ने जुम्ला प्रशासनकाे निर्णय

बालविवाह गरेर पछुताउँदै किशोरीहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *