पेन्टिङ सीपबाट आर्थिक समृद्धि गर्दै जटिल

गाेल्डेन बुढा

जुम्ला,१९ साउन।

सीपले सिर्जनशील बनाउँछ र जीविकोपार्जनमा सहयोग पुर्‍याउँँछ।ज्ञान,सीप र अवधारणालाई व्यवहारिक बनाउन सकिएमा जीवन जिउन लायक हुने गर्दछ।सीप हुनेले श्रम गर्छ र पसिना बगाउँछ ।पसिनाकाे संगीतमा जीवनको यथार्थ लुकेको हुन्छ। उनले भन्छ्न जीवन साैभाग्य हो।जीवनको सुन्दरता कलामा हुने गर्छ।सीपमा कला र जाँगर थपेपछि जीवन सुखमय हुने गर्छ।यो उनको व्यवहारिक सिकाई हो।उनलेे आफ्नो ज्ञानलाई सीपमा रुपान्तरण गरे, र व्यवहारिक रुपमा हजारौंका जीवन गरिखाने कला थपे।र आज सबैको प्रिय पात्र बनेका छन्। जक्ति प्रसाद पाण्डे(जटिल)।पार्टीले उनको नाम जटिल नामाकरण गर्याे।खास नाम जक्ति प्रसाद पाण्डे हो।तत्कालीन नेकपा(माओवादी)मा सहमति भए।

कुरा हो विंस२०५८ सलामा देश र जनताको मुहार फेर्न अनि आर्थिक समृद्धिका लागि आफ्नो ज्यान बाजि थापेेका थिए।यो कुनै मजाककाे विषय थिएन।दवााइका आवाजहरुकाे उजागर गर्ने ध्यय थियाे।आजभोलि पाण्डेले जीवन जिउने नयाँ बाटो राेजेका छन् ।अर्थात पेन्टिङ सीप गरेर आर्थिक समृद्धिकाे ढाेका उर्घान तल्लिन छन्।जनयुद्धमै उनलेे पेन्टिङकाे गर्थें।पार्टीका नारा खेल्ने,चित्र काेर्ने, विभिन्न बाेर्डहरुमा लेख्ने अवसर पाए। उनलेे भने, त्यो तत्कालीन(माओवादी)मा सिकेको सीप आज मेरा लागि गरिखाने बाटोमात्र होइन,जीवनकाे नयाँ आयाम बनेको छ।स्कुलका हाेर्डिङबाेर्ड, धारामा चित्र काेर्ने, साइनबोर्ड लेख्ने, उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्ने सीप उनीसँग छ।

जुम्लाका धेरै गाउँ-बस्तीमा उक्त सीपमुलुक तालिम,उनलेे अहिलेसम्म हजारौंलाई दिइसकेका छन्।धेरैले आफ्नो उद्यम संचालन गरि जीविकोपार्जनकाे मुख्य पेसा बनाएका छन्।आफुले सिकाएको सीपले उद्यम गरि लाखौं रुपैयाँ आम्दानी गरेको कुरा सुन्दा आफुलाई आनन्द लागेको बताउँछन्। त्यो सीपले अधिकांंश युवावर्गलाई आफ्नो खुट्टामा उभ्याएको छ।राेजगारीमुखी बनाएको छ।सिर्जनशील भई जीविकोपार्जन गर्न प्रेरित गरेको छ।पाण्डेलाई सीप र क्षमताले नयाँ परिचय दिएको पाउन सकिन्छ।जुम्लाको तातोपानी गाउँपालिका -४ का पाण्डेले अहिले जिल्ला विभिन्न विद्यालय र गाउँ गाउँमा पुग्ने गर्छन्। मासिक न्युनतम ३८ हजार देखि ४५ हजार आम्दानी गर्छन।विगत २२ वर्ष देखि यो कार्य गरिरहेका छन्।छाेराछाेरी पढ्ने,घर खर्च,लुगाफाटो सजिलो भइरहेको छ।

पेन्टिङ सीपबाट आर्थिक समृद्धि गर्दै जटिल

सम्पादकीय : भेरी–बबईलाई गति देऊ

पेन्टिङ सीपबाट आर्थिक समृद्धि गर्दै जटिल

बालविवाह गरेर पछुताउँदै किशोरीहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *