बाँकेको मटेहियामा अविरल वर्षाले ११ घर डुबानमा, खाद्यान्न र लत्ताकपडामा क्षति

बाँके ,१९साउन

आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटेहियामा डुबानको स्थिति सिर्जना भएको छ। निरन्तरको वर्षाका कारण पानीको निकास बन्द हुँदा सो वडाका ११ घर र गोठ डुबानमा परेका हुन्।

स्थानीय ज्ञान कनौजियाका अनुसार, डुबानमा परेका घरहरूमा भुजई यादव, भुसैली दर्जी, सलिम दर्जी, विनोद मौर्यलगायतका परिवार बसोबास गर्दै आएका थिए। घरभित्र पानी पसेर खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री भिजेको तथा घरमा बस्न नसक्ने अवस्था सिर्जना भएको पीडित भुजई यादवले जानकारी दिनुभयो।

डुबानबाट प्रभावित स्थानीयवासीहरू असुरक्षित अवस्थामा बसिरहेका छन् भने थप क्षतिको जोखिम कायम नै छ। यसैबीच नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले डुबानको जोखिम अझै बाँकी रहेको जनाउँदै सम्पूर्ण पालिकावासीलाई सतर्क रहन अनुरोध गर्नुभएको छ।
“बाढी वा डुबानको संकेत देखिएमा तत्काल सूचना दिनुहोला, सुरक्षित उच्च स्थानमा जानुहोला,” अध्यक्ष शाहले आग्रह गर्नुभयो।

यसै सन्दर्भमा जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष बाँके जिल्लाका करिब १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा पर्ने सम्भावना रहेको अनुमान गरेको छ। बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि विभिन्न सावधानी अपनाइएको समितिले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्लाका सबै पालिकालाई सतर्कता अपनाउन र आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।

डुबान प्रभावित क्षेत्रको तत्काल उद्धार र राहतमा सरकार तथा सरोकारवाला निकायको ध्यान जानु आवश्यक देखिन्छ भने बाढीको थप जोखिमलाई न्यूनीकरण गर्न पूर्वतयारी र सतर्कता अत्यन्तै जरुरी छ।

 

बाँकेको मटेहियामा अविरल वर्षाले ११ घर डुबानमा, खाद्यान्न र लत्ताकपडामा क्षति

बाँकेमा मल अभावको चपेटामा किसान : आपूर्ति

बाँकेको मटेहियामा अविरल वर्षाले ११ घर डुबानमा, खाद्यान्न र लत्ताकपडामा क्षति

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *