सडक मर्मतमा नेपाल प्रहरी

चाैलागाँईहस्त
कालिकाेट,१७ कार्तिक।
नाै महिनादेखी अबरुद्ध सडक मर्मत का लागि नेपाल प्रहरीले श्रमदान गरेकाे छ । प्रमुख जिल्ला अधिकारी सहित ,प्रहरी प्रमुख र माताहतका कर्मचारीहरु सडक मर्मत कार्यमा लागि परेका छन् । खाँडाचक्र नगरपालिकाकाे भवन निर्माणका लागि काम गर्दा सडक भत्कियाे । सडक मर्मत पनि भयाे तर मान्छेहरु आवत जावत गर्न नपाउदै बर्खाकाे समयमा सडक भत्किदा हाल सम्म मर्मत हुन सकेकाे छैन । स्थानीय युवाहरुले सडक मर्मत र खानेपानीको बिषयलाई लियर आन्दाेलन गरिसकेपछी सरकारी तथा गैर सरकारी संघ संस्था ,समाजसेवी सबै जनाले सडक मर्मतमा श्रमदान गरिरहेका छन् ।
नौ महिनादेखि अवरुद्ध सडक मर्मतमा कुनै निकायले चासो नदिएपछि कालीकोट जिल्लामा उपलब्ध युवा तथा सराेकारवालाहरुले श्रमदान गरेका हुन् ।
खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा २०८१ फागुनको तेस्रो साता पहिरोले सेरापाटा बजारको सडक भत्काएको थियो।
महिनौदेखि सडक बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ। सडक मर्मतमा चासो नदेखिएपछि युवाहरुकाे पहलमा मर्मत भईरहेकाे छ ।
मान्म बजारका व्यापारीदेखि आम नागरिकले बजारमा सहज रूपमा हिँडडुल गर्न सकेका छैनन्। नगरपालिकाले सडक बनाउन ५ लाखको समिति बनाएर झारो टार्न खोजेको आरोप छ।
लामो समयदेखि सदरमुकाम मान्म बजारको मुख्य सडक अवरुद्ध भएकाले युवाहरुले श्रमदान सुरु गरेका छन् । सडक बन्द हुँदा बिरामी र व्यापारीले दु:ख खेप्नुपरेको छ।






