राप्ती नदी सिधनिया घाटमा तीन दिने पूर्णमासी मेला प्रारम्भ, धार्मिक आस्थासँगै सांस्कृतिक उत्सवको रौनक

बाँके,१७ कार्तिक ।

बाँकेको राप्ती नदी सिधनिया घाटमा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिने पूर्णमासी मेला शुरु भएको छ। डुडुवा गाउँपालिका–४ स्थित श्री पञ्चेश्वरनाथ महादेव मन्दिर परिसरमा आयोजना गरिएको “श्रीराम धनुष यज्ञ मेला, भण्डारा तथा स्नान मेला” धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ प्रारम्भ भएको हो।

मेला आयोजक समितिका सदस्य भोलाप्रसाद गुप्ताका अनुसार मेलामा रामलीला मञ्चन, नौटङ्की नृत्य, मनोरञ्जनात्मक नाचगान र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। भारतबाट आएको करिब २० जना कलाकारको टोलीले धार्मिक नाटक र नृत्य प्रस्तुत गर्दै भक्तजनलाई मनोरञ्जन दिने तयारी गरेको छ। मेलामा साधु–सन्तहरूको उपस्थितिले वातावरणलाई अझै धार्मिक रंग दिएको छ।

मेलाको अन्तिम दिन भण्डारा गरी औपचारिक रूपमा समापन गरिने जनाइएको छ। हरेक वर्षजस्तै यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा राप्ती नदीमा स्नान गर्ने भक्तजनहरूको भीड लागेको छ। बुधबार मुख्य दिनका रूपमा नदीमा स्नान गर्न बाँके र आसपासका जिल्लाबाट हजारौं भक्तजन आउने अपेक्षा गरिएको छ।

श्री पञ्चेश्वरनाथ शिव मन्दिरका पुजारी पण्डित रामप्रताप मिश्रका अनुसार कार्तिक पूर्णिमामा स्नान र दानको विशेष धार्मिक महत्व रहेको छ। उहाँले भन्नुभयो, “यस दिनको स्नान माघे सङ्क्रान्तिका बराबर फलदायी हुन्छ। सूर्यका विकिरणले पानीमा विशेष ऊर्जा भर्ने भएकाले यस दिन स्नान गर्दा शरीरमा नहुने रोगहरू पनि निको हुने विश्वास रहिआएको छ।”

पण्डित मिश्रका अनुसार कार्तिक शुक्ल पूर्णिमाका दिन चतुर्मासको समापन हुने परम्परा रहिआएको छ। यस दिनदेखि विवाह, व्रतबन्ध र अन्य शुभ कार्यको थालनी गर्न सकिने धार्मिक मान्यता रहेको छ।

धार्मिक आस्था, सांस्कृतिक प्रदर्शन र सामाजिक एकताको प्रतीकका रूपमा परिचित यो मेला बाँके तथा आसपासका जिल्लाका भक्तजनका लागि आकर्षणको केन्द्र बनेको छ।

 

राप्ती नदी सिधनिया घाटमा तीन दिने पूर्णमासी मेला प्रारम्भ, धार्मिक आस्थासँगै सांस्कृतिक उत्सवको रौनक

एशियाली विकास बैंक ( एडीबी ) को

राप्ती नदी सिधनिया घाटमा तीन दिने पूर्णमासी मेला प्रारम्भ, धार्मिक आस्थासँगै सांस्कृतिक उत्सवको रौनक

सडक मर्मतमा नेपाल प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *