घुयँत्राे:“माधव छिरे, बाबुराम तर्सिए, प्रचण्डको नयाँ घरमा पुराना झ्यालढोका!”

नेपाली राजनीतिका शेषनागका रुपमा चिनिने प्रचण्डले शेषनागका सन्तान बटुलेर आठैभाई एकठाँ बस्नेगरि घर बनाएरे त ! सम्चारहरले त्यस्तै भन्छन । कात्तिक १८ गते घर पैँचाे गर्ने गरि बना नेकपा समाजवादि घराँ घर पैँचाे गर्ने बेसासम्म आठै भाइ बस्ने हुन कि बाउसित कुरा नमिलेर जानेहुन था छैन । तर याे पटक जेनजीकाे युध्दले प्रचण्डलाई आफ्नो घर सँबार्ने खुब माैका मिल्याछ त्याे माैकालाई राम्रै सदुपयाेग गर्ने हुनकि फेरि घर पैंचाे गर्ने भन्दा भनै भूइँचालाे आएर घरै लैजाने हाे था छैन ।

आफ्ना घरका छाेराछाेरि स्याहार्नुकाे सट्टा छिमेकिका सन्तानलाई आफ्ना भनेर हक दिनलाई त्याे घरकाे अबस्था के हुन्छ हेरम्ला? भनेर एकातिराट माओवादिकै नेतारु रुष्ठ हुने अनि अर्को तिराट समाजवादि सिंगाे पाटिका नाममा माधब नेपालमात्रै प्रचण्डकाे घराँ छिर्ने अरु बाइरै बसेर रमिता हेर्ने भए भने त प्रचण्डकाे प्लान जति चाैपट हुन बेर छैन ।

माधबका झलनाथ र प्रचण्डका जनार्दनहरु नयाँ बना घराँ नजाने भनेछिसमाजवादितिरनि तितर वितर हुनेकाे संख्या डरलाग्दै हाेला जस्ताेछ । त्यसाे त पुराना एमालेहरु अर्का घराँ जानभन्दा आफ्नै पुरानाे घर एमालेतिरै फर्किन ठिक भनेर फर्के भनेनि अनाैठाे मान्नु पर्ने क्यैछैन । तर, यत्ति हाेकि प्रचण्डले ८ भाइ छाेराछाेरी जम्मा गरेछि तिनका जाेई छाेराछाेरी शाखा सन्तान सबै आईत जालान भनेर आश गरिरा बेलाँ शाखा सन्तान नआएर ८ भाइ छाेरारु मात्रै आए भनेत अनि सत्ताकाे सुखसयल कसरी भेट्टियला र ! त्यसै त आफ्ना सन्तान जनार्दनदेखि बाबुराम अनि प्रकाण्डदेखि विप्लबसम्मले साथ छाेडेर गै सक्याछन अँझ भएन भनेर याे पटककाे घर गराई जसपाउने खालकाे छैन । त्यसै त १ व्यक्ति बराबर १ कमिनिष्ट पाटिकाे मुलुक भनेर चिनिन्छ नेपाल ।अँझ भएन भनेर भतक्कैलाई जाेडेर एउटै पाटि बनाएर चुनाबजितेर ओलिका अगाडि सिना तानेर हिँडम्ला भनेर भन्या बेलाँ कइँ नभकाे जात्रा हाँडि गाउँमा ” भन्याजस्तैभाे भने के गर्लान प्रचण्ड ! बरु आफ्नै साथीहरु बाबुराम, टाेपबहादुर,भट्ट, रायमाझी ,विप्लब,प्रकाण्ड,बाँस्तोला, धमला,जस्ता जति पनि हिजाेका नेताछन तिनलाई बाेलाएर दुखनि सुखनि गरेर पाटिमा कस्लाई कहाँ राखेर वा जिम्मेवारी दिएर ठिक हुन्छ र याैटा गजबकाे कमिनिष्ट पाटि निर्माण गरेर गए हुने हाे ।

खालि ओलिले जस्तै आफ्नो अध्यक्ष पदनै खाईदिन्छन कि भष्टाचारनै गर्न पाईन्नकि भनेर डराएर काँ हाेला । खै त प्रचण्डले भष्टाचार गर्या रकम छाेरालाई काम लायाे लाएन , श्रीमतीलाई काम लायाे लायन । काम लायाे त सिर्फ याैटा छेरी र ज्वाइँलाई काम लाईराछ त्याे पनि छाेरीनै अफिसियल मामबाट राजीनामा देर बसिन भन्छन अनि यस्ताे सम्पतिकाे के काम जाे मजाले खुलेर खर्च गर्न नपाईयाेस । त्यसैले प्रचण्ड कमरेड हिजका दिनाँ जति धन कमाउनु भाे अब त्यति धन त जति भष्टाचार गरेनि कमाउन सक्नु हुन्न ।

सात पुस्तासम्मले बसिबसि खान पुग्ने सम्पति कमाउनु भाकैछ अब जनताले कमाउने गरि राजनीति गर्नाेस । कमसेकम मरेर जाने बेलाँ जनताले सम्मत हाईहाई गरून् । भाेलि नेपालकाे राजनीतिक ईतिहाँसाँ जङ्गल पसेर १२ वर्षा राजनीतियाँ फर्क्या याैटा राजनितीज्ञ प्रचण्डले शुरुका २० वर्षाँ देश र जनतालागि केही नगरेनि त्यसपछिका दिनाँ चाईँ केई गरेरै गयाे भनेर जनताले सम्झे भनेनि त राम्रै भाे केरे हैन र ? बाँकि हजुरकै बिचार । जयहाेस ! कमरेडहरु ।

घुयँत्राे:“माधव छिरे, बाबुराम तर्सिए, प्रचण्डको नयाँ घरमा पुराना झ्यालढोका!”

आगजनीको खरानीबाट पुनर्जन्म : बाँकेको नरैनापुर गाउँपालिकाको

घुयँत्राे:“माधव छिरे, बाबुराम तर्सिए, प्रचण्डको नयाँ घरमा पुराना झ्यालढोका!”

उद्योग वाणिज्य संघ कोहलपुरले गर्यो नगरपालिकालाई २५

Leave a comment

Your email address will not be published. Required fields are marked *