आगजनीको खरानीबाट पुनर्जन्म : बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ भवन सञ्चालनको तयारीमा

१६,कार्तिक २०८२
बाँके । जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि ध्वस्त बनेको बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासनिक भवन अब नयाँ रूपमा पुनर्निर्माण भई सञ्चालनको तयारीमा पुगेको छ।

महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको आधुनिक भवन गाउँपालिकाले छिट्टै बुझ्न लागेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो। उहाँका अनुसार आगजनीपछि अस्थायी रूपमा साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिइँदै आएकोमा नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा गति आउनेछ।

२०७९ असोज ३१ गते सम्झौता भएको सो भवन निर्माणमा कुल लागत रु ६ करोड ८० लाख ३१ हजार रहेको इन्जिनियर प्रविन श्रेष्ठले बताउनुभयो। संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा भवन निर्माण सम्पन्न गरिएको हो।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उक्त पुनर्निर्माणलाई “नरैनापुरको विकास यात्रामा दुःखद घाउपछि आएको पुनर्जागरण” का रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “यो भवनले नरैनापुरलाई पुनः आत्मविश्वासका साथ अगाडि बढ्ने ऊर्जा दिएको छ।”

लेखा अधिकृत भरत बस्नेतका अनुसार भवन भौतिक रूपमा पूर्ण रूपमा तयार भइसकेको र प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको छ।

स्थानीयवासीहरू पनि भवन पुनर्निर्माणप्रति उत्साहित छन्। एक स्थानीय बासिन्दाले भने, “जलेको पालिका अब उज्यालो भएको छ, यो भवन हाम्रो आशाको नयाँ मुना हो।”

आगजनीको खरानीबाट पुनः उठेको यो भवनले अब सुशासन, पारदर्शिता र जनसेवाको नयाँ अध्याय सुरु गर्ने स्थानीयको अपेक्षा रहेको छ।

आगजनीको खरानीबाट पुनर्जन्म : बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ भवन सञ्चालनको तयारीमा

चन्दननाथ र जनसेवा पुगे: फाइनलमा

आगजनीको खरानीबाट पुनर्जन्म : बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ भवन सञ्चालनको तयारीमा

घुयँत्राे:“माधव छिरे, बाबुराम तर्सिए, प्रचण्डको नयाँ घरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *