जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु


नेपाल नेत्रज्योति संघ जुम्लाले ४१ औं आँखा शिविर शुरु गरेको छ । संघले जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु गरेको हो ।

विशेषगरी ज्येष्ठ नागरिकहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सहितका कामहरु गर्नका लागि शिविर शुरु गरिएको छ । हिमालय आखा अस्पताल जुम्लाको प्राविधिक सहयोग र रिडि आई फाउण्डेसनको सहयोगमा शिविर शुरु गरिएको हो ।

आयोजकका अनुसार शिविरि ३ दिन सञ्चालन हुने छ । उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य धनबहादुर बस्नेतले लामो समय पछि हरेक बर्ष आखा शिविर गरिदै आएकाले शिविरमा सहयोग गर्न सवै नागरिकलाई अनुरोध गरे।उनले सहयोगी दाताहरुले आँखा शिविरमा सहयोग गर्दै आउनु भएकोमा खुशी व्यक्त गरे ।

जिल्ला अध्यक्ष जगदिश चौलागाईले हाल सम्म जुम्लामै करिब १४ हजार ज्येष्ठ नागरिकको शल्यक्रिया तथा उपचार भईरहेकाले अव चन्दननाथ नगरपालिकामा आखाँ अस्पताल शुरु गरिएको बताए।उनले नेपाल नेत्र ज्योति केन्द्रीय कार्यालयको सहयोगमा चन्दननाथ नगरपालिकामा आखा शिविर शुरु भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिले पहिले आखाको उपचार गर्न भारत सम्म गएर उपचार गरेको कठिन अवस्था सुनाउदै केही बर्ष यता जुम्लामा आखाँ शिविर हुनु भनेको निकै महत्वपूर्ण रहेको बताए ।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाले सानो सहयोग गरेको बताउदै स्थानीय सरकारले यस क्षेत्रमा प्रथामिकता दिन आवश्यक छ।आयोजकले आँखामा सहयोग गर्ने सहयोगीदाताहरुलाई धन्यवाद दिदै नेपाल सरकारले यस क्षेत्रमा सहयोग गर्न अपिल गरेको छ ।

जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु

वडा र स्थानीय युवाहरूको सहयोगमा पराजुलमा वन्यो

जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औं आँखा शिविर शुरु

तल्लो डुङ्गेश्वर– पालेतडा सडक जीर्ण