‘स्केट’ खेलमा आकर्षित हुँदै बालबालिका
जुम्लाको चन्दननाथ नगरपालिका –७ महतगाउँका बर्दान महत दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य बनाउन सकिन्छ, कि भनेरै प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि युनिक स्केट पार्ककमा पुग्छन् ।
दुई वर्षको अगाडिको कोहोलपुरमा मेरा साथीहरूले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हो । त्यसैगरी उक्ति नगरपालिका –६ छिना गाउँकी सोनु रावल पनि स्केटमा रुची भएकै कारण दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा समय दिन्छन् । बर्दान र सोनु मात्रै होइन, पछिल्लो समयमा स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाहरुको रुचीको खेल स्केट बन्दै गएको छ । फुटबल र फुटबल लगायतका खेलहरुमा जस्तै स्केट खेलमा पनि जुम्लामा युवाहरुको पछिल्लो पटक आकर्षण बढ्दै गएको हो।जुम्लामा पहिलोपटक युनिक स्केट पार्क फर्म दर्ता गरिएको छ ।
झन्डै २० लाखको लागतमा पार्क निर्माण गरिएको युनिक स्केट पार्कका सञ्चालक विराज भण्डारीले बताए । चन्दननाथ नगरपालिका–५ कालेखोलीमा स्केट पार्क संचालन गरिएको हो । चन्दननाथ–२ भण्डारीबाडा गाउँका २५ वर्षीय विराज भण्डारीले युनिक स्केट खोलेर स्केटिङ खेलाउन सुरु गरेका हुन् ।
बालबालिकालाई मोबाइलको लतबाट छुटाउन,युवालाई कुलतबाट जोगाउन,मनोरञ्जन प्रदान गर्ने,रोजगारी सृजना गर्ने र बालबालीका स्वास्थ्यका हिसाबले फुर्तिला बनाउने स्केट खेलकोे भुमिका रहेको उनले अपेक्षा गरे । एक घण्टा खेलेको एक सय देखि एक सय ५० रुपैयाँ तोकिएको छ । युवा पुस्ताका लागि नयाँ खेल निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् ।
स्केट खेलमा युवाहरुको आकर्षण बढ्नु आफैँमा सकारात्मक हो । विराजले भने, स्केटिङका लागि ५ देखि १० हजार मूल्यका ३५ जोर जुत्ता ल्याइएको छ । एकपटकमा १५ जनालाई स्केटिङ खेलाइने व्यवस्था मिलाएको छ ।
बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म स्केटिङ सुरु हुन्छ। अहिले दैनिक दुई भन्दा बालबालिका र युवकयुवतीले स्केटिङ गर्ने गरेका छन् ।