खाद्य अधिकारसम्बन्धी युवालाई तालिम

स्थानीय युवा संस्थाहरुका लागि खाद्य अधिकार र पर्यावरणीय कृषि विषयक बजेट पैरवी सम्बन्धी २ दिने तालिम छिन्चुमा सम्पन्न भएको छ । भेरीगंगा र लेकबेशी नगरपालिकामा क्रियाशिल युवा समूह, संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, भिएसओ नेपालको सहकार्यमा याक्टिभ परियोजना अन्तर्गत तालिम दिइएको थियो ।

राष्ट्रिय कृषक समूह महासंघका अभियान र किसानका समस्याका बारेमा महासंघका केन्द्रीय सचिव लक्ष्मी भण्डारी, खाद्य अधिकार ऐनको प्राव्धान र तहगत सरकारको अधिकार र भूमिका, रणनीतिक मुद्धाका बारेमा महासंघका प्रदेश अध्यक्ष सन्त बहादुर केसीले सहजिकरण गरेका थिए ।

त्यसैगरी एक्टिभ परियोजनाको उद्देश्य, लक्ष्य, संलग्नता र मुख्य उपलब्धी, चुनौति न्यूनिकरण योजनाका बारेमा उत्सव जिसी, सामुदायिक सचेतना र संचार अभियानका लागि युवाको भूमिका विषयमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सचिव दीपक बुढा, हरित उद्यमशिलता र पर्यावरणीय कृषिमा युवाको संलग्नताको अवस्थाका बारेमा कुसल श्रेष्ठले सहजिकरण गरेका थिए ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल लेकबेशी नगरपालिका महासंघका अध्यक्ष पूर्ण प्रसाद जैसी र भेरीगंगा नगर स्तरिय महासंघका अध्यक्ष पूर्ण बहादुर खत्रीको समेत उपस्थिति रहेको परियोजनाका सामाजिक परिचालक तथा अभियान्ता टीका चालिसेले जानकारी दिए ।

खाद्य अधिकारसम्बन्धी युवालाई तालिम

राष्ट्रिय शोक भएकै दिन मुख्यमन्त्रीले गराए कर्मचारीलाई

खाद्य अधिकारसम्बन्धी युवालाई तालिम

YUGAAWHAN NATIONAL DAILY (2081-04-11)