आध्यात्मवादसंगै भौतिकवाद विकास हुनुपर्छ

पृथ्वी बहादुर सिंह/लेखक
मानव समाजको विकास क्रम फरक आध्यात्मिक भौतिक कथन फरक भएपनि मानिसले आफनै दिसा निर्देशन गर्ने महामानव प्रितीको उपदेशलाई सम्झना गर्दै कुनै विपद् नपरोस सुख–शान्तीले बा“च्ने आसिरवाद माग्न रुखको ठेलामुनि ढुंगाको कापबाट प्रिती पुजन थालेको हो । ति महान पुर्खाले गरेका राम्रा नराम्रो कार्यको बखान गीत, संगित लय हालेर गाउ“ने बजाउने गर्दै लिपि तयार गर्न लागेपछि अक्षर मिलाएर भाषा लिपिवद्ध गर्न थालेको हो ।

त्यसपछी ति महान पुर्खाको विभिन्न भावभन्गीमा धातु, ढुङ्गा, काठको मुर्ति बनाएर तिनै मुर्ति पुजा शुरु गर्न थालेको हो । मानव मस्तिष्क पृथ्वीका सबै प्राणी भन्दा चेतनशिल कल्पनाशिल भएकाले मन दिमागमा कल्पना आउँदा संसारभर प्रिती धामी–झा“क्रीको रुपमा विभिन्न भागभन्गीमा सुखदुखका काल्पनिक कुरा शरिरमा प्रिती आएको भनि पुज्न पुजाउन मानव वलीदेखी विभिन्न पशुवली, फलफुलका चाखोवली चढाउन थालेको हो । प्रायः गरेर त्यो महामानव पुर्खाले जिवित हुँदा कुन प्रकारका मासु सहकारी अन्न खान्थ्यो त्यहि बली आफ्नो सुखको आर्शिवाद माग्ने मन विश्वास लिँदै गएपछी समाज विकास क्रममा ति प्रिती भगवान भनि मानव विस्तार हुँदै श्रमको पाटो पनि ठुलो हुँदै जाँदा त्यही प्रिती पुजा नै धर्म परिणत हुँदै गएको हो । पृथ्वी बिशाल भुभागमा मानव संख्या फैलिदै जाँदा टिपको मुखिया हुँदै त्यो समूहको राजा महाराजा, सम्राट शासक बन्न पुगेपछी ठुला ठुला मन्दिर धार्मिक आ-आफना आस्थाको देवालय बनाउन पुगेका छन् ।

त्यही प्रिती पुजन गर्ने प्रितीको धर्मग्रन्थ पनि लिपीको विकास हुँदै गएपछी कल्पना कला भएका मावनले कलात्मक तरिकाले लिपिवद्ध गरेर धर्मग्रन्थ बन्न गएका हुन । कति त धार्मिक शोषण, मानव श्रम प्राप्त गर्न धार्मिक भिरु मानवले अनेक प्रकारले श्रमशोषण धर्ममा थपेका हुन । विश्वका अनेक पाटोमा मानव विस्तार हुँदा धर्मको नाममा एक धार्मिक समुहले अर्को धर्म मान्ने समुह विचमा धार्मिक युद्ध गरी राज्य विस्तार गरेको ईतिहाँसमा पाइन्छ । यो क्रममा आजको भौतिकवादी युग आएपनि युद्धमा अल्मलिएर अनेकौ मानविय विकास गर्ने दिमाग भएकोे मानव वस्ती अनेकौ सामान्ती संस्कार उत्पन्नमा रुलमुलिए प्रकृतीले अनेकौं बहुमुल्य खनिज पदार्थ जडीवुटी, अन्न उत्पादन भुमि सिंचाई गर्ने हजारौ नदि नाला जमिन मुनि पानी मुहान भएका बस्ती प्रिती पुजनमा रातदिन लागी कस्टकर जिवन गुजार्दै अल्प आयुका इश्वर दया नाममा मृत्युवरण गर्दछन ।


विश्वको भुमि मध्ये दक्षिण एसियाको देश नेपालमा मध्ये कर्णाली प्रदेश एक हो । यो कर्णालीको भूमिमा बहुमुल्य खनिज पदार्थ सुन, हिरा, चा“दी, काईनाइट, तुरमालिन, फेन्टा सुनचाँदी, तामा, फलाम, पेट्रोल खानी र अनेकौ पशुपालन गर्ने फार्म बनाउने हिमाली पाटन खर्क हजारौ प्रकार औषधी जन्य वनस्पती, खाद्यान्न उत्पादनका भेरी कर्णालीले निर्माण गरेका मलिला फाँट, फलफुल पहाड, हिमाल उत्पादन थला नदी खोला तालले भरिभराउँ छन् । पर्यटकिय दर्शनिय हिमाल पहाडका चुलिताल मठमन्दिर यातायातदेखी भौतिक तरिकाले राज्य व्यक्ति लागि विकास गर्ने हो भने आजको भाडाको श्रमदास हुने प्रदेशको यात्रा अन्त्य भएर अनेकौ सम्भावना बोकेर बसेको छ कर्णाली । कर्णाली वि.स. दशौ शताब्दीबाट सिजा खास राज्य अनेकौ कविला राज्य नियन्त्रित १६ औ सताब्दीसम्म सवालाख पहाडमा फैलिएकोे थियो ।

त्यो समयमा मानविय विकास धर्म धामी झा“क्री विश्वास पृथ्वीमा अन्न उत्पादनको लागी आवश्यक पर्ने फलाम, तामा कर्णालीका विभिन्न स्थानका खानीबाट निकाली प्रशोधन गरी आत्मनिर्भर थिए । विश्व साम्राज्यवादी अंग्रेज दक्षिण एसियाका सानाठुला कविला राज्य एकिकरण गरेर विशाल भारत देश बनाएर शासन गर्न पुग्यो । साम्राज्यवादी अंग्रेजले इस १६ औ शताब्दी मानवीय आवश्यक्ताका खाद्यान्न, कपडा, यातायात साधन, हतियारसमेत मानिसको श्रम भन्दा छिटो र बलियो उत्पादन गर्न मेसिन तयार गरी भौतिकवादी युग शुरु गर्न पुग्यो । त्यहि समयमा सिंजा राज्य बिघटन भै स्वतन्त्र साना ठुला कविला राज्य गोर्खाबाट नेपाल एकिकरण गर्न हिडेको गोर्खाली भारतिय उपमहादिपमा पश्चिम का“कडा पूर्व टिष्टासम्म एकिकरण गरेर विशाल नेपाल खडा गर्न पुगेको थियो ।

मेसिनबाट उत्पादित सामान विक्रि वजार खोज्न हिडेको अंग्रेज राइफल लिएर आउँदा दक्षिण एसिया साना ठुला कविला राज्य एकिकरण गरी विशाल हिन्दुस्थान निर्माण गरयो । नेपाली विस्तार भूमि पश्चिम खुम्चीएर महाकाली, पूर्व टिष्टाबाट मेची मधेश खुम्चिएर राप्ती–भेरी–कर्णाली पहाडी भुभाग मात्र राख्ने गरी शाह वंशको आधिपत्य राज्य संन्धी ई.स.१८१६को नेपाल अंग्रेज सन्धी हुन गएकोे थियो । अंग्रेजको राइफल लामो दुरीमा हाल्ने तोप अगाडि एक जनाले बन्दुक खुकुरी केहि लागेन । अंगेज आध्यात्मवाद परास्त गर्दै भौतिकवाद वादी युग शुरु गरी आफनो साम्राज्यवादी अधिपत्यले पृथ्वी भुभागमा रहेका, प्राकृतिक स्रोत मानविय श्रम लुटन नेपाल देश अलग रहेपनि नेपाल आफ्नो वजार बनाउन भारत नेपाल सिमानासम्म रेलको लिग बिछाएर छिटो उत्पादित प्रशोधित वस्तु वोडरसम्म ल्याउन लैजान रेल सञ्चालन गरयो ।

युगौंदेखी कर्णाली सिजा हाट दुल्लु विराट वस्तु विनियम वजार रहेको जाँड्याले भोटे ढुंगे नुन–उन कर्णालीबाट अन्न लिने क्रम अन्त्यपछी समुन्द्र नुन मसिनो मेसिनले निर्माण गरेको कपडा लिन दक्षिण मधेश बजार बनाएर उत्पादिन वस्तुदेखी श्रम पनि भाडामा विरलाई वहादुर बनाएर अंग्रेजी साम्राज्य रक्षा गर्ने लैजाने अंग्रेजका इमान्दार भाडाका नायक श्री ३ जंगबहादुर राणा कुवर आन्तरिक सन्धी गरेपछी कर्णाली मात्र होइन देशभर रहेका आत्मनिर्भर खनिज पदार्थ, फलाम तामा, चाँदी खानीहरु राणा शासकको निर्देशनबाट पुरिँदा कर्णालीका पनि पुरिएका थिए ।

यता निरंकुश राणा शाहहरु पशुतिनाथले रक्षा गरुन भनि धार्मिक राज्य संचालन गर्दै छोटे राजा, टिके राजा घोष्णा गर्दै आफ्नो रक्षाको लागी धार्मिक पुजनको लागी प्रोहितलाई दरवार वरिपरी रक्षा सल्लाहकार बनाएर राख्न पुगे । नेपाल एकिकरण सिंजा सम्राज्य विस्तारमा बहादुरी कमाएका क्षेत्री र जनजातीहरुलाई अंग्रेजको साम्राज्य रक्षाको लागी विरलाई बहादुर बनाएर पठाए उनीहरुबाट आएको विप्रेषण खाने बाटो खुलाएका थिए ।

लामो समय अंग्रेजको शासनको लाहुरे भएर घर आउँदा आदेश पालना गर्ने बानी परेको लाहुरे अंग्रेजले विशाल भारत बर्ष पनि भौतिक विकास गर्न उद्योग स्थापना खानी उत्खननदेखि अंग्रेज कविला नियन्त्रिक राज्यका रजौटाका दरवारमा सेकुरेटी जान थालेका थिए । त्यहि क्रममा नेपाल प्राय सबै भुभाग कर्णाली गाउँ वस्तीबाट हिउँदमा खैर काट्न, रोड खन्न २/४ महिना गएर श्रम पोखी कमाई गरी हाट वजारबाट आवश्यक कपडा, नून तेल डोकोमा महिनौ हिडेर पुग्ने क्रिया शुरु कर्णालीमा र अन्य भुभागमा शुरु भएको थियो । प्रथम द्रोसो विश्व युद्ध लाखौं लाख अंग्रेजको भाडामा नेपाली युवा लाहुरेले ज्यान गुमाएका थिए ।

युद्ध सकिएपछि भारतिय जनताले अंग्रेज साम्राज्यवाद अन्त्य हुन विद्रोह गरी स्वतन्त्र हुन पुगे । अंग्रेजले भारतिय उपमहादिपमा रहेका रजौटा प्रोहित शासन समर्थक बनाएर शिक्षा उधोग यातायातमा शेर हाल्न लगाए वेलायतका भौतिक विकास हेरि भारतका विभिन्न भु-भागमा भौतिक विकाश कलकारखाना खोल्यो ति उधोग यथावत राख्दै भारतिय स्वतन्त्रता सरकारले थप भौतिक आध्यात्मिक विकासको प्राथमिक्ता राख्यो । नेपालमा प्रजातन्त्र आयो गयो एकदलिय पंचायत निरंन्कुश शाह शासन २०४६ पुनः वहुदलिय २०६४ पछि लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।

यो स्तम्भकार कर्णाली गाउँ शहरदेखी भारती भुमिको अध्ययन अवलोकन गर्दा अहिले पनि भारतिय भुमिमा बढि कर्णाली प्रदेशका युवा उत्तरा खण्ड, उच्च पहाडमा रहेका व्रदिनाथ, केदारनाथ नजिक अन्य धार्मिक स्थल दर्शन गर्न गएका भारतिय आस्थावान बोक्ने नेपालीहरुलाई नेपाली खच्चर आऔ मनि बोलाएको पाए । गुजरातका बम्बैका शहरमा पनि बढि कर्णाली युवालाई बहादुर भनि मजुहारी गर्नेलाई वोलाउँदा बढि कर्णालीकानै पाए । आजकाल अरवको तानो ५५ डिग्रीमा श्रमदास जाने क्रम पनि कर्णालीमा वढदो छ ।

यता कर्णाली घुम्दा अहिले सम्म पनि आध्यात्मवाद भित्र अनेकौ वाधा व्यावधान अवरोध बन्धन बढि नै बाँधिएको पाएको छु । देशको सबै भन्दा ठुलो भु–भागमा फैलिएको कर्णाली, सबै भन्दा प्राकृती वहुमुल्य संम्वदा छ । त्यसको भौतिक उन्नती गर्ने नसकी आध्यातमवादको वर्को ओढेर भाडाको श्रमदास परदेश यात्रा युगौयुग “सुनको सिरानी हाली नुन खोज्न” हिडिँरहेको कर्णाली हो । मानव विकास आध्यात्मवाद पुजनबाट शुरु भएको हो ।

हामीले पनि आध्यात्मवादका राम्रा पक्षहरुहरुको ग्रहण गर्दै विश्वका अतिविकशित राष्ट्रको जो हाम्रो कर्णाली भन्दा पनि प्राकृतिक स्रोत भुमि जनसंख्या न्युन भएका मुलुकहरुले भाडाको परदेशको यात्रा अन्त्य गरेर सुखी सम्मपन्न जिवन जि रहेका छन् । के त्यो तिर अगाडि बढ्न केन्द्रिय कर्णाली परदेश स्थानीय सरकार को ध्यान कहिले जाला कर्णालीका जनताको भाडाको यात्रा अन्त्य मियो समाएर देशकै सबैभन्दा बढि भ्रष्टचारमा प्रकाशित अंकमा स्थानीय सरकारको कहिले अन्त्य तिर जाला ? आध्यात्मवाद संगै भौतिकवादको विकाश होला ? सबै जनमा चेतना भया ।

आध्यात्मवादसंगै भौतिकवाद विकास हुनुपर्छ

सम्पादकीय : विद्यालयमा सरकारी लगानीको प्रतिफल शुन्य

आध्यात्मवादसंगै भौतिकवाद विकास हुनुपर्छ

कांग्रेसमा मन्त्रीको टुङ्गो नलाग्दा कर्णाली सरकार गठनमा