विमानस्थलकै डिलमा भयावह दुर्घटना


नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा प¥यो । जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् ।

विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ ।

सौर्य एयरको विमान दुर्घटना
काठमाडौँ, ९ साउनः
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरको विमानको अवशेष । तस्बिरः किरणराज विष्ट÷रासस

विमानस्थलकै डिलमा भयावह दुर्घटना

एसइईमा सुर्खेतका चार निजि, १७ सामुदायिक विद्यालय

विमानस्थलकै डिलमा भयावह दुर्घटना

सल्यानमा सामुहिक वलात्कारका दुई आरोपित पक्राउ