जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा
जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
यस आर्थिक बर्षमा जिल्लाका आठ वटै स्तानीयतहका बालबालिकालाई खोप लगाउन सफल जन स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरिक्षक प्रेम सुमाइका अनुसार १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप पाएपछि पुर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार जुम्लामा जिल्लाभरका दुई हजार नौसय २७ बालवालिकाले पुर्ण खोप लगाइएको छ। बालबालिकाले बीसीजी, डिपिटी, दादुरा रुवेला लगायतका विभिन्न नियमित खोप लगाईएको छ ।
यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए। रोगको रोकथामका लागि खोपको अत्यान्तै आवश्यक छ। स्वास्थ्य सुधार गर्नका लागि सरकारले प्रथामिकता दिदै आएकाले आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक देखिन्छ।उनले भने। चन्दननाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पृथ्बी नाथ योगी स्वस्थ रहनको लागि बालवालिकाहरुको खोपमा ध्यान दिनुपर्ने बताउँछन् ।
खोप सुनिश्चिताका लागि सबैको मेहनत सराहनीय छ । उनका अनुसार नेपाल सरकारले खोपको कार्यक्रम २०३४ सालमा सुरु गरिएको बताउदै अहिले व्यापक रुपमा अगाडि आएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले बालबालिकाका लागि पूर्णखोपको अभियान महत्वपुर्ण रहेको बताए ।
सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएकोमा सबै पालिकाका स्वास्थ्यकर्मीहरु प्रति आभार ब्यक्त गरे ।बालबालिकालाई रोग लाग्नु भन्दा पहिलो रोग लाग्न नदिनका लागी सरकारले थालेको खोप अभियान कार्यक्रममा प्रथामिकतामा राखेर कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्र्ने कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता सहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ ।
यसैगरी जनस्वास्थ्य कार्यालय जुम्लाले पुर्णखोप पूर्ण खोपको सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमा जुम्लाका आठ बटै स्थानीयतह चन्दनननाथ नगरपालिका, सिंजा गाउँपालिका, पातारासी गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, का स्वास्थ्य शाखालाई सम्मान समेत गरेको छ ।