पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु
अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग सुचारु भएको छ ।
अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैनन् । आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको थियो । अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका थिएनन् । पहिरो गएको थाहा पाउनेवित्तिकै पहिरो पन्छाउनको लागि डोजर, स्काभेटरहरू परिचालन गरिएको थियो ।
सडक डिभिजन कार्यालयका अनुसार, ‘पानी परेन भने राजमार्ग दुईचार घण्टामै खुल्न सक्छ ।’ सुर्खेत नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालिकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका थिए ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोट खण्डको गगनेखोला, एसमोड, बिर्तामोड, झाम्ला मोड,मोल्फालगायतका स्थानमा लेदोसहित ठूल्ठूला ढुंगाहरू झरेर सडक अवरुद्ध भएको थियो ।
सडक खुलाउन डिभिजन सडक कार्यालयमा भएका सबै उपकरण र मानवीय शक्ति खटिएका थिए । यसअघि पनि सडकमा पहिरो खस्दा झण्डै चार दिन सवारीसाधन रोकिएका थिए । साँघुरो सडकमा पहिरो आएर झनै साँघुरो हुने भएकोले जोखिम पनि निकै बढेको यात्रुहरूले बताएका छन् ।