सम्पादकीय : मेयरसाप युवाको जोस सुशासनमा देखाउनुस
जाजरकोट जिल्लाको सदरमुकामसमेत रहेको ऐतिहाँसिक खलंगा दरबार क्षेत्र पर्ने भेरी नगरपालिका हो । जुन पालिकामा जनताको सेवा गर्न भनेर चुनाव जिताएर पठाएका जनप्रतिनिधिको सुविधामा जम्मा ७० लाख बजेट सकेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुखको खातामा पालिकाबाट सोझै एक लाख रकम पठाईएको छ । कुनै पनि सरकारी कारोबार सोझै व्यक्तिको खाताबाट गर्न नपाईने भन्ने सरकारी नियममा उल्लेख छ । तर भेरी नगरपालिकाले डिएसपिको खातामा सोझै लाख लाख रकम कुन शिर्षकबाट किन भुक्तानी ग¥यो होला ? नगर प्रमुख चन्द्र बहादुर घर्ती (सिपी घर्ती) को यो दोस्रो कार्यकाल हो । युवाको जोस, जाँगर र नारा देखाउँदै पहिलो र दोस्रो कार्यकाल नेतृत्व गर्ने अवसर जुटाएका थिए । मेयरसाप युवा हुँ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्दैन । एक दशक एउटै संस्थाको प्रमुख हुँदा केही त भएकै होलान तर सुशासनको अवस्था भनेर संकटपूर्ण देखियो ।
पहिलो कार्यकालमै राम्रै आम्दानी गरेर निति, विधि, कुनै कानूनि प्रक्रिया पुरा नगरेर, खुल्ला प्रतिस्पर्धा नगरी करारमा भर्ना गरिएका नालनाता, कार्यकर्तालाई बार्षिक ३ करोड बढी त त्यहाँको नगर पालिकामार्फत तलब मात्र खुवाउने गरेको महालेखा परिक्षकको कार्यालयले लेखेको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाँ करार कर्मचारीलाई तलबमात्रै तीन करोड बढी खुवाइन्छ । आन्तरिक आय भने २०७९/०८० को २ करोड १७ लाख ७७ हजार ३ सय ४० रुपैयाँ छ । अब भन्नुस त्यहाँको सुशासन, मितव्ययिता र जवाफदेहिता कस्तो होला ? पहिलो कार्यकाल भए त अँ सिक्दै छन् केही गल्तिहरु भए होलान भनेर आम नागरिकले चित्त बुझाउने ठाउँ हुने थियो ।
विकास निर्माणमा खासै चासो देखिएको देखिँदैन प्रतिवेदनका अनुसार नियम मिचेर भएपनि आफ्नो भागमा जसरी नि पर्नु परो नत्र मलाई था छैन । कसरी मिल्छ मलाई था छैन तर मिल्न परो भन्ने भाषाको रिजल्ट दोस्रो कार्यकालमा राम्ररी लागु भएको देखिएको छ प्रतिवेदनका अनुसार । महालेखा भन्छ यो कुनैपनि हालतमा नमिल्नेगरी गरिएको भुक्तानीलाई जसरी पनि असुल उपर गर्नु भनेर निर्देशन नै गरेको छ । पहिलो कार्यकालमा करार भर्ना गरिएका कर्मचारीकै साधन, स्रोत दोस्रो कार्यकालको निर्वाचनमा भरपुर उपयोग हुँदै चुनावी खर्च तिनै करारका कर्मचारीले ८०/९० लाख नगद र जिल्लाभरीका पार्टीको छाप लागेका कर्मचारीले पनि थप ५०/६० लाख चुनाव खर्च जुटाईदिए भन्ने हल्लाले अहिले पनि खलंगा बजार तताएको छ । चिया चौतारो र नजिकैबाट चर्चा खुब भएको थियो । चुनाव जित्न प्रयोग भएका तीनै करारका कर्मचारीको तलव, भत्ता माथी प्रश्न उठेको छ ।
हैट एउटा बहालवाला जनप्रतिधिले एक कार्यकालमा ५/७ करोड पालिकाकै साधन, स्रोत सम्पत्तिको दुरुपयोग गर्दै दोस्रो कार्यकाल विजयी हुँदा त कम्तीमा पाप कटनी तिर लाग्नु नि बेईज्जत नै किन गरेको हो र । युवा जोस, विद्यार्थी, युवा राजनितीबाट उदाएको एउटा तन्नेरी ठिटो भनेर विश्वासका साथ जिताएका होईनन् र भेरी नगरपालिकाका आम नागरिकले कि टिका लगाएर दाईजोमा पाएको पद हो र ? कम्तीमा कुल देवता, पितृको त अलिअलि डर, पाप, धर्मको मान्नुनि भगवानको डर मानौ न हो मेयरसाप ? नगरपालिकाकै बजेटमा खरिद गरेर सिमेन्ट, खानेपानीका पाईप, जाली, पानी टेङ्की समेत कुदुमा पुर्खेउली सम्पत्ति जस्तै गरी चुनावी नारा र प्रचारको माध्यम बनाएर बाँडेको कुरा त खुब अहिले पनि चर्चामा छ नि ? नगर प्रमुखले व्याजको स्याज, स्याजको प्याज गरेर ७ हैन १४ पुस्ताका लागि भेरी नगरपालिकाको र नेपाल सरकारको सम्पत्ति दोहन गरेर आर्जन गर्ने पहिलो चुनावबाट अर्को चुनाव केन्द्रीत सम्पत्ति, साधन, स्रोत जनशक्ति बटुल्ने कुरामा महालेखाको प्रतिवेदनबाट पनि अनुमान गर्न सकिन्छ ।
अरु त अरु नगरपालिकाको ४० ड्रम तेलसम्म चुनाव जित्नमा जिन्दावाद र मुर्दावादका हनुमानहरुलाई प्रयोग गरेको कुरा पनि लुकाएर लुकेको छैन । पहिलो कार्यकाल लुटेकै थियौं आखिर के नै के कन छ र त्यहाँ दोस्रो कार्यकालसमेत हात फट्काएर चाट्ने गरी ? त्यति गरेर जितेका प्रमुखको अझै ३ वर्ष बाँकी छ अबका दिनमा पाप समेत कटनी हुने र पालिकाको भक्षक होईन यो चाँही रक्षक हो भन्ने गरी सुशासन, पारदर्शिता, मितव्ययीता, जवाफदेहीता हुने गरी काम गरे कसो होला मेयरसाप ?
यस सम्बन्धि समाचार :