अवरूद्ध भएको सात दिनपछि उडान सञ्चालन

मुगुस्थित रारा विमानस्थलमा मंगलवारदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलवारदेखि पुनः सञ्चालनमा आएको हो ।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । “गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल मंगलवार मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो”, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।

अवरूद्ध भएको सात दिनपछि उडान सञ्चालन

YUGAAWHAN NATIONAL DAILY (2081-03-25)

अवरूद्ध भएको सात दिनपछि उडान सञ्चालन

शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक