शिविरले फर्कायो आँखाको ज्योति

जुम्लाको चन्दननाथ नगरपालिका –७ मिचा गाउँकी ८० वर्षीया मागी सार्की आँखा देख्न छाडेको करिव २ वर्षपछि पुनः ज्योति पाएपछि खुसी छिन् । छोरी टिउकी सार्ककोको सहारामा सदरमुकाम खलंगा पुगेकी मागी मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएकी हुन् ।‘आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भनिन्, ‘फेरि देख्न सक्ने भए, नयाँ जीवन पाएजस्तो भएको छ ।’

उनी आँखा देख्ने भएपछि आइतबार लौरो टेक्दै घर फर्किन्।,झ बल्ल बाहिरी संसार देख्न पाएँ ।’ ‘हामीसँग पर्याप्त पैसा पनि थिएन्,’ उनले भने, ‘फेरिआँखाको शल्यक्रिया गर्न धेरै नै खर्च लाग्ला भनेर अहिलेसम्म यत्तिकै बसेका थियौँ ।’गाउँमै आँखाको शल्यक्रिया नजिकै गर्न पाउँदा अझ धेरै खुसी लागेको छ, ‘हामीजस्तालाई धेरै सहजको महसुस भएको छ ।’जति बाँचिन्छ त्यतिन्जेल राम्रोसँग देख्न पाउने भन्दै खुसी लागेको बताइन् । पहिला नजिकै पनि नदेख्ने, देखे पनि तिरमिर हुने, घरि देख्ने नदेख्ने समस्या थियो।शल्यक्रिया गरेको उनले बताइन् ।

यता तिला गाउँपालिका –८ पुरु गाउँका ८९ वर्षीय सुर्ती बस्नेतका दुवै आँखा बन्द भएको ४ वर्षपछि पुनः ज्योति फर्किएको छ । ‘आँखाभन्दा ठूलो केही रहेनछ,’ उनले भने,‘ज्योति फर्काउने डाक्टरलाई भगवान्ले रक्षा गरून् ।’ चन्दननाथ नगरपालिका ७ मिचा गाउँका ७२ वर्षीया हर्क सार्कीले पनि खलंगाको शिविरमा पुनः दृष्टि पाए्।३ वर्षअघिसम्म धमिलो देखिने आँखामा समस्या आएर दुवै आँखा देख्न छोडेका हर्कले एक आँखाको गत वर्ष जुम्लाको सदरमुकाम खलंगामा शल्यक्रिया गराएका थिए। भने अर्को आँखाको यस पटक ज्योति फर्किएको उनले सुनाए।‘मलाई अब आँखाले देख्न पाइएला जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘जति बाँच्छु त्यतिन्जेलसम्म राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ ।’

यस्तै पातारासी ६ उर्थु गाउँकी ५९ वर्षकी धनकला थापाले आँखा देखेपछि खुसी हुँदै शल्यक्रिया गर्ने डाक्टरलाई स्थानीय लवजमा आशिष दिइन्, ‘तुम्मो (तपाईंको) सधैं भलो होस् ।’ जुम्लामा बजारमा शिविर सञ्चालन हुँदा आँखाको उपचारका लागि जिल्ला बाहिर जानुपर्दा खेतपाखो बेचेर जानुपर्ने बाध्यता हटेको उनले बताइन्। उनले पनि शिविरमा निःशुल्क उपचार पाइन्।नेपाल नेत्र ज्योति संघ चन्दननाथ आाखाँ अस्पताल जुम्लाको आयोजनामा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग तथा रिडले आई फाउन्डेसन नेपालको आर्थिक सहितमा शिविर सञ्चालन गरेको हो ।

शिविर चैत १६ गतेदेखि १८ गतेसम्म भएको थियोे।यो खलंगामा सञ्चालित ४१ औं शिविर भएको नेपाल नेत्र ज्योती संघ जुम्लाका सभापति जगदीश चौलागाईले बताए । जुम्लाका ८ वटै स्थानीय तहका स्थानीयले आँखा चेकजाँच गरेका थिए्।शिविरमा आएका ७ सय ३९ जनाले आँखा चेकजाँच गरेका थिए।

जस मध्ये १ सय २७ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पताल उपचार केन्द्र जुम्लाका प्रमुख कालिबहादुर रावतले बताए।डाक्टर कृष्णा गुरुङको टोलीले चेकजाँच गरेको थियोे।विपन्न, अःसहाय परिवारका धेरैले आँखाको ज्योति फर्काउन सफल भएको नेपाल नेत्र ज्योती संघ जुम्लाका सचिव दिपेन्द्र विक्रम हमालले बताए।अहिलेसम्म ‘हाम्रो गाउँ समाजमा आँखाले नदेख्दा झारफुक गर्ने र लामाधामी गर्नेको पनि कमी छैन, ‘कतिपयको अन्धविश्वासका कारण अझै पनि शल्यक्रिया गर्न मान्दैनन् । जनचेतना अझै पुगेको छैन ।’

शिविरले फर्कायो आँखाको ज्योति

परिमल जुम्लीको गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक

शिविरले फर्कायो आँखाको ज्योति

खाली दरबन्दी लुकाउन नमान्दा: एक महिनामा दुई