‘जनयुद्धका शहीद’ परिवारको गुनासो

रुकुम पश्चिम,१६ फागुन ।

२७ वर्षअघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –२ मेलगैरीमा भएको सामूहिक हत्याकाण्डको सोमबार २७ वर्ष पूरा भएको छ । २०५२ फागुन १५ गते ६ जना खत्री बन्धुको हत्या भएको ‘मेलगैरी हत्याकाण्ड’ को २७ वर्षसम्म पीडित परिवारजनहरुको अझैपनि न्याय नपाएको गुनासो रहेको छ ।

साविक पीपल गाविसको वडा नम्वर ५ मेलगैरीमा भएको उक्त घटनास्थलमा आज माओवादी केन्द्र रुकुम पश्चिमले शहीद परिवार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार देवीलाल गौतम, कर्णाली प्रदेश कमिटि सदस्य धर्मबहादुर केसी, बाँफिकोट गाउँपालिकाका पार्टी अध्यक्ष चन्द्रबहादुर केसी लगायतको उपस्थिति रहेको छ ।

तत्कालिन माओवादीले सशस्त्र युद्धको घोषणा गरेको १५ दिनपछि बाँफिकोटको मेलगैरीमा राज्यको तर्फबाट आक्रमण हुँदा खत्री परिवारका छ जनाको मृत्यु भएको थियो ।उक्त दिन २४ वर्षीय पशुपति केसी, २५ वर्षीय नरबहादुर केसी र २५ वर्षीय दलबहादुर केसी, २५ वर्षीय कलबहादुर केसी, २५ वर्षीय मनबहादुर केसी, १५ वर्षीय खड्गबहादुर केसीको हत्या भएको थियो ।

मृतक खड्कबहादुरका बुवा धनबहादुर खत्रीले पीडित परिवारले अझैपनि न्यायको महशुस गर्न नपाएको भन्दै जनयुद्धका शहीद परिवारका मुद्धा सम्वोधन हुन नसकेको गुनासो गरे । शहीद परिवारका सदस्यहरुको अवस्था राज्यले बुझ्न नसकेको दुःखेसो पोख्दै उनले जनयुद्ध र जनआन्दोलनमा मारिएका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने मागपनि गरे ।

बुवा कलबहादुरको हत्या हुँदा दुई वर्षको उमेर रहेको बताउँदै नवीन केसीले हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने र आफुहरुलाई शहीद परिवार परिचय पत्र उपलब्ध गराउन राज्यसँग माग गरे । मैल गैरीमा भएको उक्त घटना जनयुद्ध सुरु भएपछिको पहिलो सामूहिक र ठूलो गोलीकाण्डका रुपमा चिनिन्छ । उक्त दिन तीन जनालाई गोली हानेर र तीन जनालाई कुटीकुटी मारिएको पीडित परिवारको भनाई रहेको छ ।

अर्को चुनावसम्म यहि गठवन्धन : नेपाल

‘जनयुद्धका शहीद’ परिवारको गुनासो

बुवाको प्रेरणाले ‘शिक्षण’ पेशामा ल्यायो

Leave a comment

Your email address will not be published. Required fields are marked *