नाईट्रोभेट नामक लागूऔषध(औषधी) सहित शाहि पक्राउ

सुर्खेत ।
भेरीगंगा नगरपालिका–५ बबई स्थित चेक पोष्टमा लागूऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला तातोपानि गाउँपालिका–८ बस्ने प्रेमबहादुर शाहिको छोरा अन्दाजि २२ वर्षिय कमल शाहि रहेका छन् ।
नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा ३ ख ५३०८ नम्बरको फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा शाहिले बोकेको झोला खोली चेकजाँच गर्दा नाईट्रोभेट नामक लागूऔषध ( औषधि) दुई वटा पत्तामा जम्मा २२ वटा फेला पारेको हो ।
नाईट्रोभेट नामक लागूऔषधसहित शाहिलाई पक्राउ गरी गाडिलाई भने गन्तब्य तर्फ छाडिएको प्रहरीले जनाएको छ ।





