असार १५ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा १५ असारमा कर्णाली प्रदेशको जुम्ला बाहेक सबै जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधि राज न्यौपानेले २९ चैत्र २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । जुम्लामा भने चैत १२ मा धान दिवस भनेर बिदा दिने गरिएको छ ।






